मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

संविधान संशोधनसहित परिमार्जन आवश्यकः प्रचण्ड

1.5K
SHARES
संविधान संशोधनसहित परिमार्जन आवश्यकः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान संविधानले यथास्थितिमा काम नगर्ने भन्दै संशोधनसहित परिमार्जनको प्रस्ताव अघि सारेका छन् ।

शुक्रबार राजधानीमा सम्पादकहरूसँग गरिएको छलफलमा बोल्दै उनले संविधानमा आवश्यक परिवर्तनका लागि राष्ट्रिय सहमति अपरिहार्य रहेको स्पष्ट पारे । उनले भने, “यो संविधानले अहिलेकै रूपमा काम गर्दैन, संशोधन र परिमार्जन गरौं, जसका लागि राष्ट्रिय सहमति चाहिन्छ ।”

प्रचण्डले राष्ट्रिय स्वाधीनताका सवालमा हालका चुनौती अभूतपूर्व रहेको दाबी गरे । उनका शब्दमा, “राष्ट्रिय स्वाधीनतामा यति ठूलो हस्तक्षेप पहिले थिएन । अहिले यति ठूलो चुनौती कमै थियो ।”

उनका अनुसार मुलुक अझै राजनीतिक संकटमै छ । उनले जेनजी युवा आन्दोलनले संविधानबारे नयाँ दृष्टिकोणबाट सोच्नुपर्ने वातावरण सिर्जना गरेको उल्लेख गरे ।

माओवादी केन्द्रले यसअघि नै संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको संरचना आवश्यक भएको धारणा व्यक्त गर्दै आएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन २४, शुक्रबार ०८:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP