मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बीपी राजमार्गमा घिसिङको निरीक्षण, अस्थायी ट्रयाक शुक्रबारसम्म बनाउन निर्देशन

2.6K
SHARES
बीपी राजमार्गमा घिसिङको निरीक्षण, अस्थायी ट्रयाक शुक्रबारसम्म बनाउन निर्देशन

काठमाडौं । भदौ १८ गतेको भीषण बाढीपहिरोले क्षतिग्रस्त बनेको बीपी राजमार्गको अवस्था भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले प्रत्यक्ष अवलोकन गरेका छन् ।

बिहीबार बिहान मन्त्री घिसिङ मन्त्रालयका सचिव केशव शर्मा र सडक विभागका महानिर्देशक विजय जैसीसहित बीपी राजमार्गको भकुन्डे–नेपालथोक सडक खण्ड अन्तर्गत काभ्रेको चौकीडाँडा पुगेका थिए ।

अनुगमनका क्रममा मन्त्री घिसिङले बाढीपहिरोले बगाएको करिब चार किलोमिटर सडक क्षेत्रमा तत्काल अस्थायी ट्रयाक तयार गर्न निर्देशन दिएका छन् । उनले शुक्रबार साँझसम्म अस्थायी सडक तयार गरी सवारी सञ्चालनमा ल्याउन आदेश दिएका हुन् ।

बाढीपहिरोले सडकका विभिन्न भाग बगाएपछि अहिले उक्त क्षेत्रमा सवारी आवागमन ठप्प भएको छ । सरकारले यात्रुहरूलाई सहज बनाउन अस्थायी डाइभर्सनमार्फत आवागमन पुनः सुरु गर्ने तयारी गरेको छ ।

संघीय राजधानी काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने बीपी राजमार्ग अहिले चाडपर्वको समयमा बन्द हुँदा हजारौँ यात्रुहरू सास्तीमा परेका छन् । यस राजमार्गलाई बागमती, मधेस र कोसी प्रदेशलाई जोड्ने ‘लाइफलाइन’ सडक मानिन्छ ।

गत वर्षको बाढीले पनि सोही खण्डमा ठुलो क्षति पुर्याएको थियो । त्यतिबेला अस्थायी डाइभर्सन बनाएर सवारी सञ्चालन गरिएको भए पनि यस वर्ष पुनः बाढीले चार किलोमिटर सडक पूर्णरूपमा बगाएको छ ।

सडक विभागका अनुसार गत वर्ष क्षति पुगेका केही खण्डको स्थायी पुनर्निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढिसकेको छ भने बाँकी भागका लागि सम्झौता अन्तिम चरणमा पुगेको छ ।

मन्त्री घिसिङले सडक पुनः सञ्चालनमा ल्याउने कार्यलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउँदै भने, ‘चाडपर्वमा जनतालाई सास्ती नहोस् भनेर कुनै पनि हालतमा शुक्रबारसम्म अस्थायी ट्रयाक तयार पार्नेछौँ ।’



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन २३, बिहीबार ०५:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP