मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

८८ उच्च र १२२ जिल्ला न्यायाधीशको एकैचोटि सरुवा

2.7K
SHARES
८८ उच्च र १२२ जिल्ला न्यायाधीशको एकैचोटि सरुवा

काठमाडौं । न्याय परिषद्ले उच्च अदालत र जिल्ला अदालतका ठूलो संख्यामा न्यायाधीशहरूलाई एकै पटक सरुवा गरेको छ । शुक्रबार बसेको परिषद् बैठकले उच्च अदालतका ८८ जना र जिल्ला अदालतका १२२ जना न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको हो ।

परिषदले विशेष अदालतको अध्यक्षमा सुदर्शनदेश भट्टको नाम सिफारिस गर्दै सदस्यका रूपमा नारायणप्रसाद पौडेल, हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालालाई नियुक्त गर्न परामर्श दिएको छ ।

यससँगै धनुषा जिल्ला अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइरालालाई भक्तपुर जिल्ला अदालतमा काजमा पठाउने सिफारिस पनि गरिएको छ ।

न्याय परिषद्ले लामो समयदेखि स्थगित सरुवा प्रक्रिया अघि बढाउँदै एकैचोटि ठूलो संख्यामा न्यायाधीश सरुवा गरेको हो । अदालतहरूको कार्यसम्पादन सुधार र न्यायिक सेवा प्रभावकारी बनाउन सरुवा गरिएको परिषद्को दाबी छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण ३०, शुक्रबार ११:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP