मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

वरिष्ठ अभिनेता सुनिल थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि

1K
SHARES
वरिष्ठ अभिनेता सुनिल थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । वरिष्ठ अभिनेता सुनिल थापाको आइतबार साँझ पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिएको छ । शनिबार हृदयघातका कारण निधन भएका थापालाई उनका छोरा अनमोल थापाले दागबत्ती दिएका थिए ।

अन्त्येष्टिअघि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले थापाको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएका थिए । त्यसअघि श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर चलचित्र विकास बोर्डको कार्यालयमा राखिएको थियो, जहाँ कलाकार, चलचित्रकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

६८ वर्षको उमेरमा निधन भएका थापा नेपाली चलचित्र क्षेत्रमा ‘राते काइँला’को पात्रबाट विशेष रूपमा परिचित थिए । उनले आफ्नो करिअरमा डेढ सयभन्दा बढी फिल्ममा अभिनय गरेका छन् ।

थापाले अभिनय यात्रा हिन्दी फिल्म ‘साहेब बहादुर’बाट सुरु गरेका थिए भने उनको पहिलो नेपाली फिल्म ‘मसाल’ हो । नेपाली फिल्मसँगै बलिउडमा समेत सक्रिय रहेका उनले प्रियंका चोपडा अभिनित ‘मेरी कोम’ फिल्ममा पनि अभिनय गरेका थिए । उनी पछिल्लो पटक नेपाली फिल्म ‘एक्लो’मा देखिएका थिए ।

उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ २५, आईतवार १२:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP