मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

२५औँ मातृभाषा साहित्य श्रङ्खलाः मातृभाषाप्रेमी तथा साहित्यकार सम्मानित

5.9K
SHARES
२५औँ मातृभाषा साहित्य श्रङ्खलाः मातृभाषाप्रेमी तथा साहित्यकार सम्मानित

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठान मातृभाषा साहित्य विभागको आयोजनामा २५औँ मातृभाषा साहित्य शृङ्खला सम्पन्न भएको छ । उक्त अवसरमा मातृभाषा संरक्षणमा योगदान पुर्‍याउँदै आएका मातृभाषाप्रेमी तथा साहित्यकारहरूलाई सम्मान गरिएको छ ।

कार्यक्रममा शिव सुनुवार, बयनसिङ राई, प्रतापसिङ नाछिरिङ, भूपध्वज थोम्रास, अन्जु राजवंशी, नातिकाजी महर्जन र सन्तोषी चौधरीलाई सम्मान गरिँदै ‘मातृभाषाासेवी’ उपाधि र सम्मानपत्र प्रदान गरिएको थियो ।

सम्मानित स्रष्टाहरूले मातृभाषामा अनुसन्धान, लेखन, प्रकाशन र सिर्जनाको माध्यमबाट समुदायभित्र चेतना फैलाउन महत्त्वपूर्ण भूमिका खेलेका छन् ।

शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठान कमालादीमा भएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ परिषदका कुलपति भुपाल राई,  साहित्य (मातृभाषा) विभागका प्रमुख राजन  मुकारुङ, सदस्य सचिव डा. धनप्रसाद सुवेदीलगायतको उपस्थिति थियो । त्यस अवसरमा विभिन्न मातृभाषाप्रेमी तथा साहित्यकारहरुले आ–आफ्नो लेख, रचना तथा कविता वाचन गरेका थिए ।

समापन चरणमा ‘मातृभाषा साहित्य शृङ्खला’लाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्दै आगामी संस्करण अझ व्यापक बनाइने घोषणा गरिएको थियो ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण ३१, शनिबार ०७:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP