मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

लिपुलेकको भूभाग फिर्ताको पहल गर्नुपर्छ : समाजवादी मोर्चा

1.6K
SHARES
लिपुलेकको भूभाग फिर्ताको पहल गर्नुपर्छ : समाजवादी मोर्चा

काठमाडौं । चारदलीय समाजवादी मोर्चाले भारत र चीनबीच लिपुलेक व्यापारिक नाका सुचारु गर्ने समझदारीप्रति गम्भीर आपत्ति जनाउँदै नेपालको सार्वभौमिकता र भू–अखण्डता रक्षा गर्न सरकारलाई तत्काल कूटनीतिक पहल गर्न आग्रह गरेको छ ।

शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै मोर्चाले ऐतिहासिक प्रमाण र दुई पक्षीय सन्धिहरूले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको अभिन्न भूभाग भएको पुष्टि गरिसकेको भए पनि ती क्षेत्रमा भारतीय पक्षले निरन्तर अतिक्रमण गरिरहेको आरोप लगाएको छ ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ र जनमत पार्टीका अध्यक्ष महेन्द्र राय यादवले हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, “नेपालको तर्फबाट भूभाग फिर्ता ल्याउन आवश्यक कूटनीतिक प्रयत्न हुन सकेको छैन, यसैबीच भारत–चीनबीच भएको समझदारीले नेपालको सार्वभौमिक अधिकारमाथि गम्भीर आघात पुर्‍याएको छ ।”

मोर्चाले उक्त सहमतिप्रति घोर विरोध प्रकट गर्दै नेपाल सरकारले सम्बन्धित मुलुकहरूसँग सत्य–तथ्य प्रस्तुत गर्ने, सहमतिविरुद्ध औपचारिक कदम चाल्ने र हराएको भूभाग फिर्ता ल्याउन पहल गर्ने माग गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ६, शुक्रबार १२:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP