मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समानुपातिक निर्वाचन तालिका फेरिदैन : निर्वाचन आयोग

1.4K
SHARES
समानुपातिक निर्वाचन तालिका फेरिदैन : निर्वाचन आयोग

काठमान्डु । निर्वाचन आयोगले समानुपातिक प्रणालीअन्तर्गतको निर्वाचन कार्यतालिका संशोधन नगर्ने स्पष्ट पारेको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आयोग यस विषयमा कुनै हेरफेरको पक्षमा नरहेको बताएका हुन् ।

सञ्चारकर्मीहरूले समानुपातिकतर्फको निर्वाचन तालिका परिवर्तनबारे राखेको प्रश्नको जवाफ दिँदै भण्डारीले भने, “समानुपातिकतर्फको कार्यक्रम संशोधन वा परिवर्तन गर्ने पक्षमा आयोग छैन ।” उनले निर्वाचनको प्रक्रियालाई तय समयमै अघि बढाउने प्रतिबद्धता दोहोर्‍याए ।

उनले अब निर्वाचन हुन्छ कि हुँदैन भन्ने बहस आवश्यक नरहेको पनि स्पष्ट पारे । “हाम्रो शब्दकोशमा अब निर्वाचन हुँदैन कि भन्ने शब्द छैन,” भण्डारीले भने, “कुनै दलले पनि निर्वाचनमा भाग नलिने भनेको सुनिएको छैन, त्यसैले निर्वाचनको विपक्षमा कोही छैन ।”

यसपटक निर्वाचन आचारसंहिताको कार्यान्वयन अघिल्ला निर्वाचनभन्दा कडा बनाइने आयोगको तयारी रहेको उनले जानकारी दिए । निष्पक्ष र विश्वसनीय निर्वाचन सुनिश्चित गर्न अनुगमनलाई प्रभावकारी बनाइने उनको भनाइ छ ।

यसैबीच, केही राजनीतिक दलले समानुपातिकतर्फको बन्द सूची पेस गर्ने समय थप गर्न माग गरेका छन् । सर्वपक्षीय छलफलका क्रममा नेपाली कांग्रेसले समेत यस्तो प्रस्ताव अघि सारेको थियो । तर आयोगको कार्यतालिकाअनुसार यही पुस १३ र १४ गते समानुपातिकतर्फको बन्द सूची बुझाउने समय तोकिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ पुष ११, शुक्रबार ११:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP