मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एन्फालाई फिफा–एएफसीको अल्टिमेटम: सात दिनभित्र चुनाव नभए निलम्बनको खतरा

182
SHARES
एन्फालाई फिफा–एएफसीको अल्टिमेटम: सात दिनभित्र चुनाव नभए निलम्बनको खतरा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई सात दिनभित्र निर्वाचन प्रक्रिया टुंग्याउने स्पष्ट सुनिश्चितता दिन कडा निर्देशन दिएका छन् । शनिबार एन्फा महासचिव किरण राईलाई पठाइएको संयुक्त पत्रमा निर्धारित समयभित्र चुनावी प्रक्रिया पुनः सुरु गरी अन्तिम रूप नदिए निलम्बन प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ ।

पत्रमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)को निर्णय यथावत् रहे वा उक्त निर्णयले चुनावी प्रक्रियामा असर नगर्ने लिखित प्रतिबद्धता एन्फाबाट सात दिनभित्र नआए तत्काल निलम्बनका लागि फिफा काउन्सिलमा प्रस्ताव लैजाने उल्लेख गरिएको छ । फिफा–एएफसीले राखेपको हस्तक्षेपले एन्फाको स्वतन्त्र आन्तरिक व्यवस्थापनमा अवरोध पुगेको पनि ठहर गरेका छन् ।

यदि एन्फा निलम्बनमा परे नेपाली फुटबलले गम्भीर असर भोग्नुपर्नेछ । अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता रोकिएसँगै फिफा र एएफसीको विकास कोषमा पहुँच बन्द हुने, साथै अन्य सदस्य राष्ट्रलाई एन्फासँग कुनै पनि खेलकुद सम्बन्ध नराख्न निर्देशन जारी हुन सक्ने पत्रमा उल्लेख छ ।

यसअघि स्वीकृतिविना निर्वाचन प्रक्रिया अघि बढाएको आरोपमा राखेपले चैत १२ गते एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको थियो । त्यसको भोलिपल्ट चैत १३ मा तय गरिएको निर्वाचन एन्फाले अनिश्चितकालका लागि स्थगित गरेको थियो । अहिलेको यो अल्टिमेटमले नेपाली फुटबल प्रशासन झन् दबाबमा परेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र २२, आईतवार १०:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP