मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सरकारको दमनविरुद्ध देशव्यापी प्रदर्शन, नेताको निवासदेखि सरकारी कार्यालयसम्म निशानामा

2K
SHARES
सरकारको दमनविरुद्ध देशव्यापी प्रदर्शन, नेताको निवासदेखि सरकारी कार्यालयसम्म निशानामा

काठमाडौं । सरकारको दमनमा १९ जनाको ज्यान जाने घटनापछि देशभर प्रदर्शन चर्किएको छ । आन्दोलनकारीहरूले सहरसहरका चोकमा टायर बालेर आक्रोश पोखिरहेका छन् ।

नेताहरूको निवासदेखि सरकारी कार्यालयसम्म आन्दोलनकारीको निशानामा परेका छन् । राजधानी काठमाडौं, भक्तपुर र ललितपुरलगायतका जिल्लामा कर्फ्यू तोड्दै प्रदर्शन जारी छ । चोकचोकमा टायर बालेर सरकारविरुद्ध नाराबाजी भइरहेका छन् ।

मंगलबार बिहानै ललितपुरको सुनाकोठीस्थित सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको घरमा आन्दोलनकारीले आगजनी गरेका छन् । त्यस्तै, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुमलटारस्थित निवासमा तोडफोड भएको छ भने निवास नजिकै रहेको प्रहरी बिटमा समेत आगजनी गरिएको छ ।

राजधानीबाहिर पनि आन्दोलन तीव्र बनेको छ । रौतहटको चन्द्रपुर नगरपालिकामा मंगलबार आगजनी भएको छ । यसअघि सोमबार सुनसरीको इटहरी नगरपालिकामा आन्दोलनकारीहरूले सरकारी संरचनामा आगजनी गरेका थिए ।

देशभर फैलिएको प्रदर्शनसँगै असन्तुष्टि अझ उग्र बन्दै गएको छ । सुरक्षाकर्मीको कडा निगरानीबीच पनि आन्दोलनकारीले कर्फ्यू तोडेर सडकमा उपस्थिति जनाइरहेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २४, मंगलवार ०५:११
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP