मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेपाल आए भारतीय विदेश सचिव मिस्री, दुई दिनको भ्रमणमा उच्चस्तरीय भेटघाटको चटारो

2.8K
SHARES
नेपाल आए भारतीय विदेश सचिव मिस्री, दुई दिनको भ्रमणमा उच्चस्तरीय भेटघाटको चटारो

काठमाडौं । दुई दिने औपचारिक भ्रमणका लागि भारतीय विदेश सचिव विक्रम मिस्री आइतबार बिहान विशेष विमानबाट काठमाडौं झरेका छन् ।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल आएका मिस्रीले भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको भदौ अन्तिम सातातिर तय गरिएको भारत भ्रमणसहित विभिन्न एजेन्डामा छलफल गर्ने कार्यक्रम तय भएको छ ।

काठमाडौं उत्रिएलगत्तै उनी बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेट्नेछन् । बिहान १०ः३० बजे प्रधानमन्त्रीसँगको भेटपछि राष्ट्रपति रामचन्द्र पौडेललाई शीतल निवासमा शिष्टाचार भेट गर्ने कार्यतालिका रहेको छ । त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटघाटका लागि बुढानीलकण्ठ जानेछन् ।

माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई खुमलटारमा भेटेपछि परराष्ट्र सचिव अमृतबहादुर राईसँग दुईपक्षीय बैठक हुनेछ । सचिवस्तरीय वार्तापछि मिस्रीले परराष्ट्रमन्त्री डा। आरजु राणा देउवासँग भेट्नेछन् ।

बिहानदेखि सन्ध्येसम्म व्यस्त भेटघाटपछि सचिव राईले उनको सम्मानमा औपचारिक रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ । भोलिपल्ट अर्थात् भदौ २ गते उनले पशुपतिनाथको दर्शन गरी स्वदेश फर्किनेछन् ।

यो भ्रमणका क्रममा प्रधानमन्त्री ओलीको भारत यात्राका एजेन्डा तय गर्नुका साथै भ्रमणको अवधि लम्ब्याउने विषयमा पनि छलफल हुने स्रोतले जनाएको छ । ओली भदौ १४ मा चीन जाने तयारीमा रहेको र त्यहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुने कार्यक्रमसमेत तय भएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १, आईतवार ०४:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP