मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खिजीदेम्बा गाउँपालिकाले माग्यो ग्रीन भेन्चर्सलाई स्पष्टिकरण

2.4K
SHARES
खिजीदेम्बा गाउँपालिकाले माग्यो ग्रीन भेन्चर्सलाई स्पष्टिकरण

खिजीदेम्बा (ओखलढुंगा) । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाले ग्रीन भेन्चर्स कम्पनी लिमिटेडसँग आयोजना सम्बन्धी निर्णय कार्यान्वयन नभएको विषयमा यथार्थ विवरण माग गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय, खिजीफलाटेबाट जारी पत्रमार्फत कम्पनीलाई पूर्व निर्णय तथा सम्झौता किन कार्यान्वयन नभएको भन्नेबारे लिखित जवाफ पेश गर्न निर्देशन दिइएको हो ।

गाउँपालिकाले मिति २०७९ चैत १० गते पठाइएको पत्र र स्थानीय सरोकारवालासँग भएको लिखित सम्झौता कार्यान्वयन नभएको भन्दै चासो व्यक्त गरेको छ । साथै, २०८२ वैशाख ६ गते सरोकारवालाहरूले पेश गरेको सामूहिक निवेदनको आधारमा थप स्पष्टिकरण आवश्यक परेको जनाएको छ ।

गाउँपालिका अध्यक्ष गम्बु शेर्पाद्वारा हस्ताक्षरित पत्रमा कम्पनीलाई मिति २०८२ वैशाख १७ गतेभित्र आधिकारिक प्रतिनिधि उपस्थित भई यथार्थ विवरणसहित लिखित जवाफ पेश गर्न भनिएको छ । साथै, कम्पनी र स्थानीयबीच भएको सम्झौताका प्रमाणित कागजातसमेत अनिवार्य रुपमा पेश गर्न आग्रह गरिएको छ ।

गाउँपालिकाले विभिन्न पाँच बुँदामा कम्पनीको कार्यान्वयन अवस्थाबारे विवरण मागेको छ । जसअनुसार स्थानीय सरकार, जनप्रतिनिधि तथा समुदायसँग भएको सहमति र सामाजिक उत्तरदायित्वका कार्यक्रमको प्रगति, अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) महासन्धि १६९ अनुसार पूर्वसूचना, सार्वजनिक सुनुवाइ तथा प्रभावित क्षेत्रका बासिन्दालाई जानकारी दिने व्यवस्था कार्यान्वयनको अवस्था सोधिएको छ ।

त्यसैगरी, स्थानीय तहलाई बुझाउनुपर्ने राजस्व, जैविक विविधता संरक्षण, सामाजिक संरचनामा पर्ने प्रभाव, स्थानीयको सहभागिता, रोजगारी सिर्जना र पारदर्शिताका विषयमा गरिएका कामहरूको अवस्थाबारे पनि विस्तृत जानकारी माग गरिएको छ ।

अध्यक्ष गम्बु शेर्पाले कम्पनीले स्थानीयसँग गरेका प्रतिबद्धता र कानुनी दायित्व पूरा नगरेको गुनासो बढ्दै गएकोले स्पष्टिकरण आवश्यक परेको बताएका छन् । उनले समयसीमाभित्र जवाफ नआए थप कदम चालिने संकेतसमेत दिएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८३ बैशाख १३, आईतवार १२:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP