मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मेस्सीको प्रदर्शनमा इन्टर मायामीलाई क्याम्पियोनेस कपको उपाधि

286
SHARES
मेस्सीको प्रदर्शनमा इन्टर मायामीलाई क्याम्पियोनेस कपको उपाधि

काठमाडौं । लियोनल मेस्सीको प्रभावशाली प्रदर्शनमा इन्टर मायामीले क्याम्पियोनेस कप २०२६ को उपाधि जितेको छ । फाइनलमा मेक्सिकोको बलियो क्लब क्रुज अजुललाई २–० गोलले पराजित गर्दै इन्टर मायामी च्याम्पियन बनेको हो ।

इन्टर मायामीको जितमा कप्तानसमेत रहेका मेस्सीले उत्कृष्ट प्रदर्शन गरे । उनले एक गोल गर्नुका साथै अर्को गोलका लागि असिस्ट प्रदान गर्दै टोलीलाई उपाधि दिलाउन निर्णायक भूमिका निर्वाह गरे ।

फाइनल खेलमा इन्टर मायामीका दुवै गोल हेडरमार्फत भएका थिए । पहिलो हाफमा लुइस स्वारेजको पासमा मेस्सीले हेडरमार्फत गोल गरेका थिए । त्यसपछि खेलको दोस्रो हाफको ८४औँ मिनेटमा मेस्सीको कर्नरमा क्यासिमेरोले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

क्रुज अजुलले खेलमा फर्किने प्रयास गरे पनि इन्टर मायामीको रक्षापंक्ति तोड्न सकेन ।

अन्ततः २–० को जितसँगै अमेरिकी क्लबले प्रतिष्ठित अन्तरमहादेशीय उपाधि आफ्नो नाममा लेखायो ।

क्याम्पियोनेस कप अमेरिकी मेजर लिग सकर (एमएलएस) र मेक्सिकोको लिगा एमएक्सका च्याम्पियनबीच हुने एक खेलको प्रतियोगिता हो । यस प्रतियोगितामा दुवै लिगका विजेताबीच प्रतिस्पर्धा हुने गर्छ ।

उपाधिसँगै मेस्सीको व्यक्तिगत ट्रफी संख्या ४९ पुगेको छ । इन्टर मायामीका लागि यो जित क्लब इतिहासकै महत्वपूर्ण उपलब्धिमध्ये एक बनेको छ भने मेस्सीको नेतृत्वमा टोलीले आफ्नो अन्तर्राष्ट्रिय पहिचान अझ बलियो बनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन १, बिहीबार ०५:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP