मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

निर्वाचन सुरक्षामाथि शीतल निवासमा उच्चस्तरीय छलफल सम्पन्न

3.5K
SHARES
निर्वाचन सुरक्षामाथि शीतल निवासमा उच्चस्तरीय छलफल सम्पन्न

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको अध्यक्षतामा प्रधानमन्त्री सुशीला कार्की, चारवटै सुरक्षा निकायका प्रमुख र मन्त्रीहरूको सहभागितामा शीतल निवासमा आयोजित महत्वपूर्ण बैठक सकिएको छ ।

राष्ट्रपतिको सचिवालयका अनुसार बैठक आगामी निर्वाचनको समग्र वातावरण र सुरक्षा व्यवस्थामाथि केन्द्रित थियो । छलफलमा प्रधानमन्त्री कार्की, गृहमन्त्री, अन्य केही मन्त्रीहरू तथा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू सहभागी थिए ।

बैठकमा सुरक्षा निकायका प्रमुखहरूले निर्वाचनका लागि आवश्यक तयारी र सुरक्षा व्यवस्थापनका विषयमा सरकारलाई भरोसा दिलाए । उनीहरूले विगतका कठिन परिस्थितिमा पनि सफलतापूर्वक निर्वाचन सम्पन्न गराएका अनुभव प्रस्तुत गर्दै वर्तमान चुनौती सामना गर्न सक्षम रहेको जानकारी गराए ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक १, शनिबार ०७:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP