मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सशस्त्र प्रहरीको सवारी शाखा आगलागी प्रकरण: छानबिन गर्न डीआईजी नेतृत्वमा समिति

806
SHARES
सशस्त्र प्रहरीको सवारी शाखा आगलागी प्रकरण: छानबिन गर्न डीआईजी नेतृत्वमा समिति

काठमाडौं । सशस्त्र प्रहरी बलको मुख्यालयस्थित सवारी व्यवस्थापन शाखा (एमटी शाखा) मा भएको आगलागी घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको छ ।

सशस्त्र प्रहरी बलले नायव महानिरीक्षक (डीआईजी) सन्दीप थापाको नेतृत्वमा समिति गठन गरेको जनाएको छ । सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टका अनुसार समितिले घटनाको कारण, क्षति तथा सम्भावित कमजोरीबारे अनुसन्धान सुरु गरिसकेको छ ।

प्रवक्ता भट्टले समितिलाई कुनै निश्चित समयसीमा नतोकिएको भए पनि यथाशीघ्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको जानकारी दिए ।

मुख्यालय परिसरभित्र रहेको सवारी शाखामा बुधबार राति करिब ८ः०० बजे आगलागी भएको थियो । आगलागीका कारण केही सवारीसाधनमा क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । बंगलामुखी गणबाट खटिएको टोलीले आगो नियन्त्रणमा लिएको थियो ।

सशस्त्र प्रहरी मुख्यालयमा यसअघि पनि आगलागीका घटना भएका थिए । सतुंगलस्थित सशस्त्र प्रहरीको स्टोरमा समेत विगतमा आगलागी भएको र त्यसबारे छानबिन गरिएको थियो ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ २१, बिहीबार ०७:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP