मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एमालेको दोस्रो विधान महाधिवेशन आज सम्पन्न हुदै

1.6K
SHARES
एमालेको दोस्रो विधान महाधिवेशन आज सम्पन्न हुदै

काठमाडौं । सत्तारूढ नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आज ललितपुरको गोदावरीमा सम्पन्न हुने तयारी भएको छ । महाधिवेशन समसामयिक प्रस्ताव पारित गरेर आज साँझसम्म टुंगिनेछ ।

तेस्रो दिन आज (आइतबार) बिहान ९ बजेदेखि महाधिवेशनको कार्यक्रम सुरु भएको हो ।

शनिबार १० वटा समूहबीच दस्तावेजमाथि छलफल सकिएको थियो । छलफलका आधारमा प्रतिनिधिहरूले दिएका सुझाव संकलन गरी समूहहरूले प्रतिवेदन तयार पारिरहेका छन् । आज समूह नेताहरूले सो प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

समूहगत छलफलका क्रममा आएका जिज्ञासा तथा सुझावमा अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम छ । तर, सहमति नजुटेमा मतदानमार्फत निष्कर्ष निकाल्ने एमालेको तयारी छ ।

महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेलले साङ्गठनिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रतिवेदन प्रस्तुत गरेका थिए ।

त्यस्तै अमृतकुमार बोहोरा (केन्द्रीय सल्लाहकार परिषद्), केशव वडाल (केन्द्रीय अनुशासन आयोग), डा. पुष्प कँडेल (केन्द्रीय लेखा आयोग), र डा. विजय सुब्बा (केन्द्रीय निर्वाचन आयोग) ले आ–आफ्नो निकायको प्रतिवेदन पेश गरेका छन् ।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारासहित सुरु भएको महाधिवेशनमा देशभरबाट आएका २,०२६ प्रतिनिधि र आयोजकका ३१५ गरी कुल २,३४१ जना सहभागी छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २२, आईतवार ०४:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP