मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

‘सभामुखलाई जानकारी दिएकै हो’ :उपसभामुखको सचिवालय

2.3K
SHARES
‘सभामुखलाई जानकारी दिएकै हो’ :उपसभामुखको सचिवालय

काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको हालैको अमेरिका यात्रा सम्बन्धी विवादमा उनको सचिवालयले स्पष्टीकरण दिएको छ । संसदमा बिना जानकारी अमेरिका गएको प्रश्न उठेपछि सचिवालयले सभामुखलाई औपचारिक रुपमा जानकारी दिएरै यात्रा गरिएको स्पष्ट पारेको हो ।

सचिवालयले शुक्रबार सार्वजनिक गरेको जानकारी पत्रअनुसार उपसभामुख राना मगरले अमेरिका जानुअघि सभामुखसँग भेट गरी नियमानुसार औपचारिक पत्र बुझाएकी थिइन् । साउन २१ गते मितिको सो पत्रमा उनले साउन ३० गते अमेरिका प्रस्थान गर्ने र भदौ १३ गते नेपाल फर्किने उल्लेख गरिएको छ ।

यसअघि प्रतिनिधिसभामा केही सांसदहरूले उपसभामुखले बिना जानकारी अमेरिका गएको भन्दै प्रश्न उठाएका थिए । तर सचिवालयले सार्वजनिक गरेको पत्रले उपसभामुखको यात्राबारे सभामुखलाई जानकारी गराइएको स्पष्ट प्रमाण देखाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ६, शुक्रबार ०७:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP