मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चक्रे मिलनसहित १९ जना सार्वजनिक अपराधको अभियोगमा अनुसन्धान, २८ जनालाई प्रमाण अभावमा छाडियो

3.3K
SHARES
चक्रे मिलनसहित १९ जना सार्वजनिक अपराधको अभियोगमा अनुसन्धान, २८ जनालाई प्रमाण अभावमा छाडियो

काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित साम्बाला होटल नजिक ‘जन्मदिन पार्टी’का नाममा गरिएको होहल्ला, स्कर्टिङ र सार्वजनिक अवरोधका कारण चक्रे मिलन (मिलन गुरुङ)सहित १९ जनाविरुद्ध सार्वजनिक हितविरुद्धको कसुरमा उनीहरूलाई थुनामा राखेर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार बिहीबार राति चक्रे मिलनको जन्मदिनको बहानामा सडकमा भिड जम्मा पारेर केक काट्ने, मोटरसाइकल स्कर्टिङमार्फत सडक अवरुद्ध गर्ने र अशान्ति फैलाउने गतिविधि गरिएको थियो । यस्तै कार्यका कारण प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

कुल ४७ जनालाई पक्राउ गरिएकोमा प्रमाण अभावका कारण २८ जनालाई रिहा गरिएको छ भने बाँकी १९ जनामाथि ७ दिनको म्याद थप गरेर अभद्र व्यवहार र शान्ति सुरक्षामा खलल पुर्‍याएको अभियोगमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीले जानकारी दिए ।

पक्राउ परेकामध्ये चक्रे मिलनसँगै रहेका अन्य १८ जनामा गणेशबहादुर बोगटी, निराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दीप केसी, राहुल खड्का, यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, ऋतिक लामा, चन्द्रदेव कार्की, जीतबहादुर लामा, प्रकाश गोले, अमिर आले मगर, उत्तम महर्जन, प्रनिश केटल, राजु परियार र सफल शाही छन् ।

एसएसपी अधिकारीका अनुसार, बिहीबार एकै दिन काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले १०४ जनालाई नियन्त्रणमा लिएको थियो । “सार्वजनिक स्थानमै केक काट्ने, मोटरसाइकलका स्वरूपमा डर त्रास फैलाउने गतिविधि भइरहेकाले हामीले सार्वजनिक हितविरुद्धको कसुरअनुसार कारबाही अघि बढाएका हौं,” उनले भने ।

प्रहरीले प्रारम्भिक अनुसन्धान गरिरहेकाले थप प्रमाण फेला परे फौजदारी अभियोगसमेत लाग्न सक्ने उल्लेख गरेको छ । प्रारम्भिक रूपमा अभद्र व्यवहारको मुद्दा भने प्रमुख जिल्ला अधिकारीको निर्णयअनुसार अगाडि बढाइने व्यवस्था रहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण १६, शुक्रबार १२:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP