मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देशभर ११ मुख्य राजमार्ग अवरुद्ध, पहिरोका कारण यातायात प्रभावित

3K
SHARES
देशभर ११ मुख्य राजमार्ग अवरुद्ध, पहिरोका कारण यातायात प्रभावित

काठमाडौं । देशभर लगातारको वर्षाले जनजीवन प्रभावित बनाउनुका साथै सडक यातायात प्रणालीसमेत अस्तव्यस्त पारेको छ । नेपाल प्रहरीको अनुसार, बिहीबार बिहान ९ः१६ बजेसम्म देशका विभिन्न भागमा पर्ने ११ वटा मुख्य राजमार्ग बाढी र पहिरोका कारण अवरुद्ध भएका छन् ।

अवरुद्ध सडकमध्ये धनकुटा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, चितवन, नवलपरासी, म्याग्दी, गुल्मी, जुम्ला र डोटी जिल्लाका सडकहरू मुख्य रूपमा प्रभावित भएका छन् । तीमध्ये ६ वटा सडक पूर्णरूपमा बन्द छन् भने बाँकी ५ वटा सडक एकतर्फी मात्र सञ्चालनमा रहेका छन् ।

प्रहरीका अनुसार पहिरोको जोखिम अझै टरिसकेको छैन, जसका कारण उद्धार तथा मर्मत कार्यमा कठिनाइ भइरहेको छ । यद्यपि, सडक डिभिजन कार्यालय, सुरक्षाकर्मी र स्थानीयबासीको सहयोगमा अवरुद्ध सडक खुलाउने प्रयास तीव्र पारिएको बताइएको छ ।

यस वर्षा याममा अपेक्षाभन्दा बढी पानी परेकाले देशका पहाडी र हिमाली जिल्लामा पहिरोको जोखिम उच्च छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार ५, बिहीबार ०४:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP