मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अमेरिकी पुनरावेदन अदालतको निर्णयपछि नेपालीसहित तीन देशका आप्रवासीको टीपीएस अन्त्य हुने बाटो खुल्यो

1.4K
SHARES
अमेरिकी पुनरावेदन अदालतको निर्णयपछि नेपालीसहित तीन देशका आप्रवासीको टीपीएस अन्त्य हुने बाटो खुल्यो

काठमाडौं । अमेरिकाको संघीय पुनरावेदन अदालतले नेपाल, होन्डुरस र निकारागुआका नागरिकलाई प्रदान गरिएको टेम्पररी प्रोटेक्टेड स्टाटस (टीपीएस) समाप्त गर्ने ट्रम्प प्रशासनको निर्णयलाई समर्थन गरेको छ । अदालतको यस निर्णयसँगै अमेरिकामा बसोबास गरिरहेका हजारौँ आप्रवासीको निर्वासन प्रक्रिया अघि बढ्ने सम्भावना बढेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले गत वर्ष नेपालसहित ती तीन देशका नागरिकलाई दिइँदै आएको टीपीएस सुविधा अन्त्य गर्ने निर्णय गरेको थियो । उक्त व्यवस्थाअन्तर्गत लाभग्राहीहरूले अमेरिकामा कानुनी रूपमा बस्न र काम गर्न पाउँदै आएका थिए ।

नवौँ सर्किटका लागि अमेरिकी पुनरावेदन अदालतले सोमबार गृह सुरक्षा सचिव क्रिस्टी नोएमले गरेको आपत्कालीन आग्रह स्वीकार गर्दै टीपीएस समाप्ति रोक्न तल्लो अदालतले दिएको आदेश उल्ट्याएको हो । अदालतले अपिल प्रक्रिया टुंगो नलाग्दासम्म अघिल्लो आदेश स्थगित रहने जनाएको छ ।

यस निर्णयले अमेरिकामा टीपीएसअन्तर्गत बसिरहेका झन्डै ७ हजार नेपालीसहित हजारौँ मानिसको भविष्य अनिश्चित बनेको छ ।

निर्णयपछि गृह सुरक्षा सचिव नोएमले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै यसलाई ‘कानुनी शासन र अमेरिकी संविधानको जीत’ भनेकी छन् । उनले टीपीएस कार्यक्रम स्थायी बसोबासको व्यवस्था नभई अस्थायी राहतका लागि मात्र बनाइएको उल्लेख गरेन पनि गरेकी छन् ।

टीपीएस कार्यक्रम युद्ध, प्राकृतिक विपद् वा अन्य असाधारण परिस्थितिका कारण स्वदेश फर्कन जोखिम हुने ठानिएका देशका नागरिकलाई अस्थायी रूपमा अमेरिकामा बस्न र काम गर्न अनुमति दिने व्यवस्था हो । तर अमेरिकी गृह मन्त्रालयले सम्बन्धित देशहरूको अवस्था सुधार भएको निष्कर्ष निकाल्दै टीपीएस हटाउने निर्णय गरेको जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ २७, मंगलवार ०९:२०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP