मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कुर्नुलमा भीषण दुर्घटनाः मोटरसाइकल र बस ठोक्किँदा आगलागी, २५ जनाको मृत्यु

2.4K
SHARES
कुर्नुलमा भीषण दुर्घटनाः मोटरसाइकल र बस ठोक्किँदा आगलागी, २५ जनाको मृत्यु

हैदराबाद । आन्ध्र प्रदेशको कुर्नुल जिल्लामा शुक्रबार बिहान भएको भीषण सडक दुर्घटनामा कम्तीमा २५ जनाको ज्यान गएको छ । मोटरसाइकल यात्रु बसमा पछाडिबाट ठोक्किएपछि आगलागी हुँदा ठूलो मानवीय क्षति भएको हो ।

अधिकारिहरूका अनुसार दुर्घटना कुर्नुल नजिकैको राजमार्गमा भएको हो, जहाँ ४४ यात्रु बोकेको बस तेलङ्गानाको हैदराबादबाट कर्नाटकको बेङ्गलुरुतर्फ जाँदै थियो । ठक्करपछि बसको इन्धन ट्याङ्कीमा आगो सल्किँदै केही मिनेटमै पुरै बसमा फैलिएको थियो ।

वरिष्ठ प्रहरी अधिकारी विक्रान्त पाटिलका अनुसार मोटरसाइकल ठोक्किँदा उत्पन्न भएको स्पार्कले इन्धन ट्याङ्कीमा आगो सल्काएको अनुमान गरिएको छ । बस चालकले आगो निभाउने प्रयास गरे पनि नियन्त्रण गर्न नसक्दा धेरै यात्रुहरू बच्न सकेनन् । केही यात्रु झ्याल फुटाएर बाहिर निस्कन सफल भए पनि धेरैजना सुतिरहेकै अवस्थामा जलेर ज्यान गुमाएका हुन् ।

दुर्घटनामा मोटरसाइकल सवार व्यक्तिको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । फरेन्सिक विज्ञहरूको टोलीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदी र आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री एन. चन्द्रबाबु नायडूले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

यो दुई साताभित्र भारतमा भएको दोस्रो घातक बस आगलागी हो । यसअघि राजस्थानमा पनि यात्रु बसमा सर्ट सर्किटका कारण आगो लाग्दा कम्तीमा २० जनाको मृत्यु भएको थियो । (एजेन्सी)



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक ७, शुक्रबार ०९:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP