मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सात विश्वविद्यालयले पाए नयाँ उपकुलपति, खुला प्रतिस्पर्धाबाट नियुक्ति

741
SHARES
सात विश्वविद्यालयले पाए नयाँ उपकुलपति, खुला प्रतिस्पर्धाबाट नियुक्ति

काठमाडौं । देशका सात वटा सार्वजनिक विश्वविद्यालयमा नयाँ उपकुलपति नियुक्त भएका छन् । कुलपतिको हैसियतमा रहेका प्रधानमन्त्री बालेन शाहले सिफारिस समितिको सुझावका आधारमा शुक्रबार उपकुलपतिहरू नियुक्त गरेका हुन् ।

नियुक्तिअनुसार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयमा किसन दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षी जनक विश्वविद्यालयमा श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी तथा पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टा नियुक्त भएका छन् ।

सरकारले यसपटक उपकुलपति छनोट प्रक्रिया खुला प्रतिस्पर्धामार्फत सञ्चालन गरेको जनाएको छ । उम्मेदवारहरूको मूल्याङ्कन तथा सिफारिसका लागि शिक्षामन्त्री सस्मित पोखरेलको संयोजकत्वमा उपकुलपति सिफारिस समिति गठन गरिएको थियो ।

सोही समितिले योग्य उम्मेदवारहरूको नाम सिफारिस गरेपछि कुलपति तथा प्रधानमन्त्री शाहले औपचारिक रूपमा नियुक्ति गरेका हुन् ।

यी नियुक्तिसँगै सम्बन्धित विश्वविद्यालयहरूमा नेतृत्वको नयाँ कार्यकाल सुरु भएको छ । उच्च शिक्षाको गुणस्तर अभिवृद्धि, अनुसन्धान प्रवर्द्धन, शैक्षिक सुधार र विश्वविद्यालयको संस्थागत सुशासनलाई प्रभावकारी बनाउने अपेक्षासहित नयाँ उपकुलपतिहरूले जिम्मेवारी सम्हाल्नेछन् ।



अगुल्टो अगुल्टो   
  • २०८३ असार १९, शुक्रबार १२:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP