मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रचण्डको घोषणाः “माओवादी नेताका छोराछोरी निजी स्कुल र विदेश पढ्न जाँदैनन्”

3K
SHARES
प्रचण्डको घोषणाः “माओवादी नेताका छोराछोरी निजी स्कुल र विदेश पढ्न जाँदैनन्”

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टीका नेताहरूका सन्तानले अबदेखि निजी विद्यालय र विदेशी शिक्षामा नपढ्ने नीति लिएको घोषणा गरेका छन् ।

अखिल (क्रान्तिकारी) द्वारा बिहीबार आयोजित विद्यार्थीसँग अध्यक्ष प्रचण्ड नामक शैक्षिक संवाद कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री दाहालले विद्यालय शिक्षा विधेयकमा चलखेल भएको थाहा पाएपछि आफूले पहल गरेर विधेयक फिर्ता लिई पुनः दर्ता गराएको बताए । उनले शिक्षा विधेयक संसदमा ढिलो जानुमा नेकपा एमाले र नेपाली कांग्रेस जिम्मेवार रहेको आरोप लगाए ।

संविधानले सबैलाई समान शिक्षा दिने व्यवस्था गरेको उल्लेख गर्दै दाहालले अब निजी शिक्षाको विस्तारलाई नियन्त्रण गर्दै सार्वजनिक शिक्षालाई सुदृढ बनाउनेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने धारणा राखे । “समाजवादउन्मुख शिक्षा प्रणालीले धनी र गरिबबीचको खाडल अन्त्य गर्छ,” उनले भने ।

उच्च शिक्षामा देखिएका विकृति सच्याउन आफू प्रधानमन्त्री हुँदा उच्च शिक्षा आयोग गठन गरिएको स्मरण गर्दै उनले आयोगको प्रतिवेदन आफूपछिका सरकारहरूले बेवास्ता गरेको आरोप पनि लगाए ।

प्रचण्डका अनुसार, हालै सम्पन्न माओवादी केन्द्रीय समिति बैठकपछि देशभरका माओवादी नेतृत्वमा रहेका १२३ जना सरकार प्रमुख, उपप्रमुख तथा नेताहरूलाई काठमाडौंमा भेला गरेर आफ्ना छोराछोरीलाई सार्वजनिक विद्यालयमा अनिवार्य रूपमा भर्ना गराउन निर्देशन दिइएको छ । उक्त निर्णय कार्यान्वयनमा रहेको दाबी गर्दै उनले भने, “अब सबै माओवादी नेताका छोराछोरी निजी विद्यालय जान पाउँदैनन्, विदेश पढ्न त झन् होइन नै ।”

आफ्ना छोराछोरी विदेश नपढेको उदाहरण दिँदै प्रचण्डले पार्टीमा पनि यो नीति लागू भइसकेको दोहोर्याए । “म पार्टीको अध्यक्ष हुँ, सबैभन्दा ठूलो नेता पनि । मेरा कुनै पनि सन्तान विदेश पढ्न गएका छैनन्,” उनले प्रष्ट पारे ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २३, शुक्रबार ०४:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP