मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ऊर्जा क्षेत्रमा नीतिगत निरन्तरताले देश आत्मनिर्भर : वर्षमान पुन

2K
SHARES
ऊर्जा क्षेत्रमा नीतिगत निरन्तरताले देश आत्मनिर्भर : वर्षमान पुन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले जलविद्युत क्षेत्रमा नीतिगत निरन्तरताका कारण देश ऊर्जा आत्मनिर्भर बनेको दाबी गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले करिब दुई दशकदेखि एउटै नीति लागू हुँदै आएको र त्यसकै परिणामस्वरूप नेपाल लोडसेडिङमुक्त बनेको बताए ।

पुनका अनुसार नेपाल अहिले छिमेकी मुलुकमा विद्युत निर्यात गर्न थालेको छ भने आन्तरिक खपतमा पनि आत्मनिर्भर बन्दै गएको छ । उनले भने, “नीतिगत निरन्तरता नभएको भन्ने प्रश्न उठ्छ तर ऊर्जा क्षेत्र, विशेषगरी जलविद्युत र नवीकरणीय ऊर्जामा भने निरन्तरता छ । यही कारण १८ घण्टासम्म लोडसेडिङ हुने अवस्था अन्त्य भएको हो ।”

उनले नदी प्रवाहमुखी आयोजना बढी रहेको र हिउँदमा माग पूरा गर्न अझै चुनौती रहेको भन्दै आगामी दिनमा जलाशययुक्त आयोजनामा जान अपरिहार्य भएको पनि औंल्याए ।

त्यस्तै, उपमहासचिव पुनले उत्पादित विद्युत बिक्रीमा बजारको कमी नरहेको स्पष्ट पार्दै दीर्घकालीन दृष्टिले ठूला जलविद्युत परियोजनामा लगानी गर्नुपर्नेमा जोड दिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ११, बुधबार ०९:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP