मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सहिदका सालिकको अनुहार नमिलेपछि जेनजी स्मृति पार्क उद्घाटन रोकियो

221
SHARES
सहिदका सालिकको अनुहार नमिलेपछि जेनजी स्मृति पार्क उद्घाटन रोकियो

काठमाडौं । ललितपुरको सातदोबाटोस्थित पौडी पोखरी परिसरमा निर्माण गरिएको ‘जेनजी स्मृति पार्क’ को उद्घाटन कार्यक्रम स्थगित भएको छ । पार्कमा राखिएका सहिदका सालिकको अनुहार वास्तविक व्यक्तिसँग मेल नखाएको भन्दै परिवारजनले आपत्ति जनाएपछि उद्घाटन रोकिएको हो ।

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनाको स्मृतिमा निर्माण गरिएका सालिक अनावरणका लागि गृहमन्त्री सुधन गुरुङ सातदोबाटो पुगेका थिए । तर, सहिदका परिवारले सालिकको अनुहार नसच्याएसम्म अनावरण गर्न नदिने अडान लिएपछि उनी कार्यक्रम नगरी फर्किएका छन् ।

कार्यक्रममा सहभागी सहिदका आफन्तहरूले सालिक निर्माणमा लापरबाही भएको आरोप लगाउँदै वास्तविक अनुहारसँग मिल्ने गरी पुनः निर्माण गर्न माग गरेका छन् । उनीहरूले सालिक सहिदको पहिचान र सम्मानसँग प्रत्यक्ष जोडिएको विषय भएकाले त्रुटि सच्याएर मात्रै अनावरण गर्नुपर्ने बताएका छन् ।

आफन्तहरूको भनाइमा निर्माण गरिएका अधिकांश सालिक सहिदहरूको वास्तविक अनुहारसँग मेल खाँदैनन् । त्यसले आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्मानमा बनाइएको स्मारकमै प्रश्न उठाएको उनीहरूको गुनासो छ ।

गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका ४५ जनाको स्मृतिमा सातदोबाटोको पौडी पोखरी परिसरमा पार्क निर्माण गरिएको हो । करिब दुई रोपनी क्षेत्रफलमा फैलिएको पार्कलाई सहिदहरूको स्मृति, राष्ट्रियता र सामूहिक सम्झनासँग जोड्ने गरी निर्माण गरिएको सरकारले जनाएको छ ।

तर, उद्घाटनअघि नै सालिकको स्वरूपलाई लिएर विवाद उत्पन्न भएपछि पार्कको औपचारिक उद्घाटन अनिश्चित बनेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र २४, बुधबार ०७:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP