मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चुनावी हारपछि आत्मसमीक्षामा जसपा नेपाल, संगठन पुनर्गठनमा जोड

1.2K
SHARES
चुनावी हारपछि आत्मसमीक्षामा जसपा नेपाल, संगठन पुनर्गठनमा जोड

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले प्रतिनिधिसभा निर्वाचनमा भोगेको कमजोर नतिजापछि पार्टीभित्र आत्मसमीक्षा प्रक्रिया सुरु गरेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा शनिबार केन्द्रीय कार्यालयमा सुरु भएको केन्द्रीय समिति बैठकमा चुनावी परिणाम, संगठनको वर्तमान अवस्था र आगामी रणनीतिबारे गम्भीर छलफल भइरहेको जनाइएको छ ।

केन्द्रीय सदस्य शैलेन्द्र साहका अनुसार फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले प्रत्यक्षतर्फ कुनै सिट जित्न नसकेको तथा समानुपातिकतर्फ आवश्यक मत प्राप्त गर्न नसक्दा थ्रेसहोल्ड पार गर्न समेत असफल भएको विषय बैठकको मुख्य एजेन्डा बनेको छ ।

बैठकमा सहभागी नेताहरूले पराजयका कारणबारे आ–आफ्ना धारणा राख्दै पार्टीभित्रको संगठनात्मक कमजोरी, जनतासँग कमजोर बन्दै गएको सम्बन्ध र नेतृत्व शैलीलाई मुख्य कारणका रूपमा औंल्याएका छन् । केही नेताहरूले बाह्य प्रभाव, विदेशी हस्तक्षेप तथा राज्य संयन्त्रको भूमिकाप्रति पनि प्रश्न उठाएका छन् ।

छलफलका क्रममा केही सदस्यहरूले निर्वाचन अवधिमा नेपाली सेनाको भूमिकामाथि समेत टिप्पणी गरेका बताइएको छ । साथै पार्टीलाई पुनः जनतामाझ स्थापित गर्न स्पष्ट राजनीतिक दिशा, प्रभावकारी संगठन विस्तार र नेतृत्वमा सुधार आवश्यक रहेको निष्कर्ष नेताहरूले प्रस्तुत गरेका छन् ।

पहिलो दिनको बैठकमा विभिन्न केन्द्रीय सदस्यहरूले संगठन पुनर्संरचना, कार्यशैली सुधार र आगामी राजनीतिक रणनीतिबारे सुझाव दिएका थिए । बैठक आइतबार पनि जारी रहनेछ । दोस्रो दिनको छलफलपछि निर्वाचन पराजयका प्रमुख कारणबारे औपचारिक निष्कर्ष सार्वजनिक गरिने बताइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ १०, आईतवार ०६:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP