मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

निर्वाचन परिणामपछि कांग्रेस–एमालेमा आत्मसमीक्षाको तयारी

923
SHARES
निर्वाचन परिणामपछि कांग्रेस–एमालेमा आत्मसमीक्षाको तयारी

काठमाडौं । नेपाली कांग्रेस र नेकपा (एमाले) का नेताहरूले हालैको प्रतिनिधिसभा निर्वाचनको परिणामबारे पार्टीभित्र गम्भीर समीक्षा हुने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेताहरूले निर्वाचन परिणाम अपेक्षाअनुसार नआएको स्वीकार गर्दै त्यसको कारणबारे पार्टीभित्र विस्तृत छलफल गरिने बताएका हुन् । उनीहरूले अहिले नै पार्टी नेतृत्वमाथि प्रश्न उठाउनु उपयुक्त नहुने पनि उल्लेख गरे ।

कार्यक्रममा कांग्रेस नेतृ डिला संग्रौलाले जनताले दिएको मतादेशलाई सम्मान गर्दै निर्वाचन परिणामबारे पार्टीभित्र गम्भीर समीक्षा गरिने बताइन् । उनले पराजयको नैतिक जिम्मेवारी केन्द्रीय समितिले लिने तर सभापति गगन थापाले तत्काल राजीनामा दिनु अहिलेको विकल्प नभएको स्पष्ट पारिन् । संग्रौलाले आगामी दिनमा गठन हुने सरकारलाई पार्टीले रचनात्मक सहयोग गर्ने धारणा पनि व्यक्त गरिन् ।

त्यसैगरी एमाले नेता शेरबहादुर तामाङले निर्वाचन परिणामका लागि नेतृत्वलाई मात्रै दोष दिएर कोही पनि उम्कन नसक्ने बताए । उनका अनुसार परिणामका कारणबारे पार्टीभित्र गम्भीर छलफल हुने र आगामी दिनमा पार्टीलाई अझ बलियो बनाउने गरी कमजोरी सुधार गरिनेछ ।

तामाङले जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिनका लागि बनेको आयोगको प्रतिवेदनमाथि छेडछाड भएको आशंका व्यक्त गर्दै यदि प्रतिशोधका आधारमा कारबाही गरिएको पाइए त्यो स्वीकार्य नहुने बताए । उनले भ्रष्टाचारका सबै प्रकरणको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिँदै एमालेका कुनै नेतामाथि भ्रष्टाचार पुष्टि भए पार्टीले त्यस्ता व्यक्तिलाई संरक्षण नगर्ने बताए ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन २९, शुक्रबार १०:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP