मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपसभामुख हटाउन दुईतिहाइ खोज्दै कांग्रेस–एमाले, साना दल निर्णायक

1.9K
SHARES
उपसभामुख हटाउन दुईतिहाइ खोज्दै कांग्रेस–एमाले, साना दल निर्णायक

काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन नेपाली कांग्रेस र नेकपा एमाले सक्रिय भएपछि संसदमा राजनीतिक समीकरण तात्न थालेको छ । दुबै ठूला दलले नियमअनुसार दुईतिहाइ बहुमत जुटाउन साना दलसँग छलफल सुरु गरेका छन् ।

प्रतिनिधिसभा नियमावलीको नियम २१० अनुसार सभामुख वा उपसभामुखले पदअनुकूल आचरण नगरेको ठहरिएमा एक चौथाइ सांसदको समर्थनसहित पदबाट हटाउन प्रस्ताव दर्ता गर्न सकिन्छ । तर, त्यो प्रस्ताव पारित हुन चौथाइ होइन, प्रतिनिधिसभाका तत्काल कायम रहेका सांसदहरूको दुईतिहाइ मत आवश्यक पर्छ ।

हाल प्रतिनिधिसभामा २७४ सांसद छन् । रुपन्देही–३ का सांसद दीपक बोहरा निधन भएपछि एक सिट रिक्त छ । त्यसअनुसार उपसभामुख हटाउने प्रस्ताव पारित गर्न १८३ सांसदको समर्थन हुनुपर्छ ।

नेपाली कांग्रेसका ८८ र एमालेका ७९ सांसदलाई जोड्दा कूल १६७ हुन्छ । दुईतिहाइ पुर्‍याउन दुबै दललाई थप १६ सांसद चाहिन्छ । यही कारण कांग्रेस–एमालेले जनमत, लोसपा, जसपा, नागरिक उन्मुक्ति लगायत साना दलहरूलाई अनुकूल बनाउन कसरत थालेका छन् ।

हाल सत्तापक्षमै रहेका जनता समाजवादी पार्टीका ७ जना सांसद छन् । जनमत पार्टीका ६, लोकतान्त्रिक समाजवादी पार्टीका ४, नागरिक उन्मुक्तिका ४ सांसद छन् । सत्ता गठबन्धनका अर्का प्रमुख घटक नेकपा माओवादी केन्द्रसँग ३२ सांसद छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका २१, राप्रपाका १३, एकीकृत समाजवादीका १० जना सांसद रहेका छन् ।

त्यस्तै जनता समाजवादी पार्टी नेपालका ५, नेमकिपाका १, जनमोर्चाका १, आजपाका १ र स्वतन्त्र २ जना सांसद छन् । यिनै दलहरूमध्ये केहीको समर्थन कांग्रेस–एमालेको प्रस्ताव सफल बनाउने ‘किङ–मेकर’ बन्ने तर्फ संकेत देखिएको छ ।

साना दलहरू कसरी उभिन्छन् भन्नेमा उपसभामुख हटाउने पूरा प्रयासको भविष्य निर्भर देखिन्छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ३, मंगलवार ०६:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP