मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कांग्रेस महाधिवेशन: नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

494
SHARES
कांग्रेस महाधिवेशन: नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ । केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान १० बजेदेखि मतदान प्रक्रिया सुरु हुनेछ ।

यसअघि बिहान ७ बजेदेखि मतदान गर्ने कार्यतालिका तय गरिएको थियो । तर वर्षाका साथै केही प्राविधिक समस्याका कारण निर्धारित समयभन्दा तीन घण्टा ढिलो मतदान सुरु गर्न लागिएको निर्वाचन समितिले जनाएको छ ।

महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले पार्टीको नयाँ नेतृत्व चयनका लागि मतदान गर्नेछन् । मतदानलाई व्यवस्थित बनाउन काठमाडौंका तीन स्थानमा सातवटा मतदान केन्द्र स्थापना गरिएको छ ।

निर्वाचन समितिले प्रदेश तथा प्रतिनिधित्वको आधारमा मतदान केन्द्र छुट्याएको हो । जसअनुसार राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिका लागि मतदानको व्यवस्था गरिएको छ ।

प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन् । यस्तै, खुलामञ्चमा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ ।

भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बनेकाहरूले पनि खुलामञ्चमै मतदान गर्ने व्यवस्था गरिएको छ ।

निर्वाचन समितिका अनुसार प्रतिनिधिहरूले आफूलाई तोकिएको मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ । मतदानअघि प्रतिनिधिको परिचयपत्र र मतदाता नामावली रुजु गरिनेछ । रुजु प्रक्रिया पूरा भएपछि मात्र प्रतिनिधिले मतदान गर्न पाउनेछन् ।

यस्तो छ कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन २२, बिहीबार ००:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP