मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

क्लब इतिहासमै पहिलोपटक एमएलएस कप फाइनलमा इन्टर मियामी, न्यूयोर्क सिटीमाथि ५–१ जित

1.5K
SHARES
क्लब इतिहासमै पहिलोपटक एमएलएस कप फाइनलमा इन्टर मियामी, न्यूयोर्क सिटीमाथि ५–१ जित

काठमान्डु । इन्टर मियामी सीएफले शनिबार राति फ्लोरिडाको फोर्ट लडरडेलस्थित चेइस स्टेडियममा न्यूयोर्क सिटी एफसीलाई ५–१ ले पराजित गर्दै क्लब इतिहासमै पहिलोपटक एमएलएस कप फाइनलमा प्रवेश गरेको छ । पूर्व कन्फरेन्सको ट्रफी कप्तान लियोनेल मेस्सीले उचाल्दै गर्दा सह–मालिक जोर्गे मासले ‘वन मोर गेम’ अर्थात् ‘अझै एक खेल बाँकी’ भन्ने सन्देश दोहोर्याउँदै आगामी फाइनलमा विजयको लक्ष्य दोहोर्याए ।

‘यो ट्रफी मियामीका फ्यानहरूलाई’ —जोर्गे मास
“यो ट्रफी मियामीका हाम्रा फ्यान, ‘ला फामिलिया’का लागि हो । क्लबले अद्भुत मेहनत गर्‍यो र उत्कृष्ट नतिजा ल्यायो,” मासले भने । “तर अझ महत्वपूर्ण कुरा, यो केवल एक सफलता हो, अब अर्को बाँकी छ —वन मोर ।”

इन्टर मियामीले नियमित सिजनमा भ्यानकुभर ह्वाइटक्याप्सभन्दा उच्च स्थान (६५ अंक) हासिल गरेको कारण यस वर्षको एमएलएस कप उनीहरूले नै घरेलु मैदानमा आयोजना गर्नेछन् । वेस्टर्न कन्फरेन्स विजेता भ्यानकुभरले शनिबार सान डिएगो एफसीलाई ३–१ ले पराजित गर्दै फाइनल बुक गरेको हो ।

‘सबैभन्दा ठूलो लक्ष्य अझै बाँकी छ’ —मुख्य प्रशिक्षक माश्चेराना
मुख्य प्रशिक्षक हाभियर माश्चेरानाले भने, “यो क्लब इतिहासमै ठूलो क्षण हो— कन्फरेन्स च्याम्पियन बन्नु आफैंमा ठूलो उपलब्धि हो । तर सबैभन्दा महत्वपूर्ण कुरा, मुख्य ट्रफी अझै बाँकी छ । यही हाम्रो प्रमुख लक्ष्य हो ।”

अल्लेन्देको दह्रो गोलले मियामीको उडान
ताडेओ अल्लेन्देले खेलको पहिलो २३ मिनेटमै दुई गोल गर्दै मियामीलाई बलियो सुरुवात दिलाए । पहिलो हाफको अन्त्यतिर जस्टिन हाकले न्यूयोर्क सिटीका लागि एक गोल फर्काए पनि गोलरक्षक रोको रिओस नोभो र बचलाइनले न्यूयोर्कको थप आक्रमण रोके ।

दोस्रो हाफमा अगस्टमा मात्र क्लबमा आएका मातेओ सिल्भेट्टीले मेस्सीको असिस्टमा तेस्रो गोल गरे । त्यसपछि टेलास्को सेगोभियाले बेंचबाट आएर अर्को गोल थपे । अल्लेन्देले अन्तिमतिर ह्याट्रिक पूर्ण गर्दै ५–१ को ठोस जित सुनिश्चित गरे । प्लेअफमा आठ गोल गरेका उनलाई ‘म्यान अफ द म्याच’ घोषणा गरियो ।

पहिलो राउन्डबाट फाइनलसम्मको यात्रा
इन्टर मियामीले पहिलो राउन्डमा नेस्भिल एफसीलाई हरायो, त्यसपछि सेमिफाइनलमा एफसी सिन्सिनाटीलाई हराउँदै फाइनलसम्मको यात्रा तय गर्‍यो ।
२०२४, २०२२ र २०२० मा पहिलो राउन्डमै बाहिरिएको मियामीको यो वर्षको पुनरागमन ऐतिहासिक रह्यो ।

स्टेडियममा टेनिस स्टार कार्लोस अल्काराज र USWNT का सदस्यहरू उपस्थित
चेइस स्टेडियममा टेनिस सुपरस्टार कार्लोस अल्काराज तथा अमेरिकी महिला फुटबल टोलीका केही सदस्यहरूले पनि खेल हेरेर मियामीलाई समर्थन गरे ।

अब इन्टर मियामी डिसेम्बर ६, शनिबार, दिउँसो २ बजे (ET) हुने एमएलएस कप फाइनलमा भ्यानकुभर ह्वाइटक्याप्ससँग घरेलु मैदानमा भिड्नेछ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर १४, आईतवार ०६:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP