मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेपालमा मनसुनी सक्रियता कायमः केही क्षेत्रमा भारी वर्षा र हावाहुरीको सम्भावना

4.6K
SHARES
नेपालमा मनसुनी सक्रियता कायमः केही क्षेत्रमा भारी वर्षा र हावाहुरीको सम्भावना

काठमाडौं । हाल नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभावका कारण देशका विभिन्न भागमा वर्षा भइरहेको छ ।

कोशी र सुदूरपश्चिम प्रदेशका साथै अन्य पहाडी क्षेत्रहरूमा साधारणतया बदली रहेको छ भने बाँकी भू-भागमा आंशिक बदलीको अवस्था देखिएको छ ।

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका एक-दुई स्थानमा समेत वर्षा भइरहेको जानकारी छ ।

मौसमविद्हरूका अनुसार आज (सोमबार) देशभर सामान्य बदली रहनेछ । विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागका धेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । त्यस्तै, लुम्बिनी प्रदेश र अन्य प्रदेशका पहाडी क्षेत्रहरूमा पनि केही स्थानहरूमा मध्यम वर्षा हुन सक्नेछ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । साथै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा हावाहुरीसमेत चल्न सक्ने भएकाले सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ९, सोमबार ०२:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP