मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सिभिल अस्पताल अगाडि जेनजीको प्रदर्शन, प्रधानमन्त्री ओलीको राजीनामाको माग

2.7K
SHARES
सिभिल अस्पताल अगाडि जेनजीको प्रदर्शन, प्रधानमन्त्री ओलीको राजीनामाको माग

काठमाडौं । बानेश्वरस्थित सिभिल अस्पताल अगाडि भेला भएका जेनजी प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।

सोमबारको प्रहरी दमनमा साथीहरूको मृत्यु भएको घोषणा भएपछि मंगलबार अस्पतालको गेट अगाडि भेला भएका उनीहरूले “नालायक प्रधानमन्त्री राजीनामा दे”, “विद्यार्थी मार्न पाइँदैन” जस्ता नारा लगाउँदै राजीनामा माग गरेका हुन् ।

प्रदर्शनकारीहरूले गृहमन्त्री रमेश लेखकको मात्र राजीनामाले नपुग्ने स्पष्ट पारेका छन् । उनीहरूले प्रहरी प्रशासनविरुद्ध पनि नाराबाजी गरेका छन् ।

मंगलबार बिहानैदेखि प्रशासनले कर्फ्यू लगाए पनि कडा सुरक्षाबीच जेनजी प्रदर्शनकारी सडकमा निस्किएका छन् । नयाँ बानेश्वरदेखि शंखमुल जाने बाटोमा भेला भएका उनीहरूले समेत प्रधानमन्त्री ओलीको राजीनामा माग्दै विद्यार्थीको रगतको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने बताएका छन् ।

सोमबार भएको प्रदर्शनमा प्रहरी दमनका कारण कम्तीमा १९ जना युवाको मृत्यु भएको र ४०० सयभन्दा बढी घाइते भएको जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २४, मंगलवार ०५:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP