मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सबै पक्षलाई संवादको बाटो रोज्न गृहमन्त्री अर्यालको आग्रह

2.5K
SHARES
सबै पक्षलाई संवादको बाटो रोज्न गृहमन्त्री अर्यालको आग्रह

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक असहमति र माग समाधानका लागि आन्दोलनको मार्गभन्दा संवादको बाटो रोज्न सबै पक्षलाई आग्रह गरेका छन् ।

शनिबार बिहान प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बोलाएको सुरक्षा निकायका प्रमुखहरूसँगको सामूहिक बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै मन्त्री अर्यालले सरकार संवादमै सबै विषय सुन्न तयार रहेको बताए ।

उनले भने, “जसका पनि राजनीतिक मागहरू छन्, सरकारले संवादको माध्यमबाट ती कुरा सुन्नेछ । अब सबै संवादमा इन्गेज हुनुपर्छ, सडकमा जाने जरुरी छैन ।”

गृहमन्त्रीका अनुसार सरकारले संवादमार्फत नै समाधान खोज्ने नीति लिएको छ र आन्दोलनरत दल तथा समूहहरूलाई पनि यही बाटो रोज्न अनुरोध गरिएको छ । “सडकमा जाने पनि अन्ततः संवादकै अपिल हो,” उनले भने, “तर यदि संवादबाट कुरा मिल्छ भने सडकमा नजानू होस् ।”

अर्यालले लोकतान्त्रिक अधिकार प्रयोग गर्दा अरूको अधिकारमा हनन नहोस् भन्नेमा जोड दिएका छन् । “सार्वजनिक वा निजी सम्पत्तिमा क्षति पुगोस् भन्ने सरकारको चाहना होइन,” उनले भने, “हिंसा कुनै हालतमा स्वीकार्य छैन । अहिंसात्मक र जिम्मेवार राजनीतिक संस्कार नै सही बाटो हो ।”

उनका अनुसार सरकार अभिभावकको भूमिकामा रहेर सबै राजनीतिक शक्तिलाई सहमति र संवादतर्फ अघि बढाउने प्रयासमा छ । “राजनीतिक शक्ति भनेको भविष्यमा देश चलाउने जिम्मेवार शक्ति हो,” अर्यालले थपे, “त्यसैले राजनीतिक व्यवहार, संस्कार र जिम्मेवारीबोध सबैमा हुनुपर्छ ।”

अन्त्यमा उनले स्पष्ट गरे, “सरकार यही नीतिअनुसार चल्नेछ र संवादकै माध्यमबाट राजनीतिक असहमति समाधान गर्न प्रतिबद्ध छ ।”



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक ८, शनिबार १४:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP