मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना

182
SHARES
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना

काठमाडौं । नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव देखिएको छ । जसका कारण देशभर सामान्यदेखि आंशिक बदलीको अवस्था कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी प्रदेशसहित देशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ । यी क्षेत्रमा केही स्थानमा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । साथै मधेस प्रदेशका केही ठाउँमा पनि वर्षा हुन सक्ने बताइएको छ ।

आज राति कोशी प्रदेश र अन्य हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने पहाडी भूभागमा आंशिक बदली र तराई क्षेत्रमा मौसम प्रायः सफा रहने अनुमान छ । कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा तथा अन्य हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र २६, बिहीबार ००:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP