मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन

520
SHARES
आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन

काठमाडौं – त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगु सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा निधन भएको छ ।

वीर अस्पताल स्रोतका अनुसार भेन्टिलेटरमा उपचाररत नेपालीको शुक्रबार बिहान ११ः२० बजे मृत्यु भएको हो ।

आत्मदाह प्रयासपछि गम्भीर अवस्थामा रहेका नेपालीको अनुहार, टाउको, घाँटी र छातीमा गहिरो जलन भएको थियो । चिकित्सकका अनुसार शरीरका भित्री अंगसमेत प्रभावित भएकाले उनको अवस्था अत्यन्त जटिल बनेको थियो ।

वीर अस्पतालमा पहिलो शल्यक्रिया गरिए पनि स्वास्थ्यमा सुधार आउन नसकेको चिकित्सकहरूले बताए । बिहान पत्रकार सम्मेलन गरेरै अस्पतालले उनको अवस्था अस्थिर रहेको र जुनसुकै बेला थप जटिल हुन सक्ने चेतावनी दिएको थियो ।

सरकारले थप उपचारका लागि भारत लैजाने तयारी गरे पनि स्वास्थ्य अवस्था झन् बिग्रिएपछि चिकित्सकले अस्थिर बिरामीलाई तत्काल स्थानान्तरण नगर्न सुझाव दिएका थिए। त्यसपछि भारत लैजाने निर्णय स्थगित गरिएको थियो ।

राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका नेपालीको उपचार बचाउन चिकित्सकले निरन्तर प्रयास गरे पनि घटनाको करिब २४ घण्टापछि उनको निधन भएको हो ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ असार २६, शुक्रबार ०७:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP