मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अभियन्ता सुनिता दनुवारको निधन

2.6K
SHARES
अभियन्ता सुनिता दनुवारको निधन

काठमाडौं । मानव बेचबिखनविरुद्धकी प्रख्यात अभियन्ता सुनिता दनुवारको असामयिक निधन भएको छ। जोरपाटीस्थित आफ्नै निवासमा सुतेकै अवस्थामा अचेत फेला परेपछि उनलाई अस्पताल लगिएको थियो।

नेपाल मेडिकल कलेजमा उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। प्रारम्भिक जानकारीअनुसार उनको निधनको कारण हृदयघात हो।

सुनिता शक्ति समूहकी अध्यक्ष थिइन्, जुन मानव बेचबिखनबाट प्रभावित महिलाहरूको नेतृत्वमा स्थापना गरिएको संगठन हो।

उनी आफ्नो अतुलनीय योगदानका लागि अन्तर्राष्ट्रिय स्तरमा समेत सम्मानित थिइन्। अमेरिकी फर्च्युन म्यागेजिनले उनलाई विश्वका ५० विशेष नेतृत्वकर्तामध्ये एकका रूपमा सूचीबद्ध गरेको थियो।

साथै, अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा उनलाई ‘टिप हिरो’ को उपाधिबाट सम्मान गरेको थियो।



अगुल्टो अगुल्टो   
  • २०८१ पुष ८, सोमबार ०४:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP