मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जाहेरी प्रकरणमा असमझदारीः प्रहरी र जाँचबुझ आयोग आमनेसामने

1.7K
SHARES
जाहेरी प्रकरणमा असमझदारीः प्रहरी र जाँचबुझ आयोग आमनेसामने

काठमाडौं । भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाहेरीबारे प्रहरी र जाँचबुझ आयोगबीच असमझदारी देखिएको छ । आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध परेका जाहेरीहरू पुनः प्रहरीमा फिर्ता पठाउने निर्णय गरेको छ ।

काठमाडौं प्रहरी परिसरमा परेका ती जाहेरी आयोगको कार्यक्षेत्रमा पर्ने भन्दै प्रहरीले दर्ता गर्न अस्वीकार गरेको थियो । त्यसपछि जाहेरी आयोगमा पठाइएको थियो । तर, आयोगले आज बसेको बैठकबाट ती जाहेरीहरू फौजदारी अनुसन्धानको विषय भएकाले प्रहरीमै पठाउने निर्णय गरेको हो ।

आयोगका अनुसार मृतक रसिक खतिवडाका बुबा पुरुषोत्तम खतिवडासहित चार जनाले दिएको जाहेरी प्रहरीमा दर्ता भएको थियो । आयोगले फौजदारी अपराधमा विस्तृत अनुसन्धान र अभियोजन गर्ने काम आफ्नो कार्यक्षेत्रभित्र नपर्ने स्पष्ट गर्दै ती सबै जाहेरी र सम्बन्धित कागजातहरू पुनः प्रहरीलाई फिर्ता पठाएको जनाएको छ ।

आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “फौजदारी कसूरमा संलग्न जो–कोहीलाई तत्काल अनुसन्धान र कारबाही गर्न नेपाल सरकारका संयन्त्रहरूलाई नै कानूनी अधिकार प्राप्त छ । त्यसैले आयोगको प्रतिवेदन कुर्नुपर्ने अवस्था छैन ।”

विज्ञप्तिअनुसार आयोगले मिति २०८२ असोज २१ गतेको प्रेस विज्ञप्तीको प्रतिलिपिसहित प्राप्त जाहेरी र कागजातहरू जिल्ला प्रहरी परिसर, काठमाडौंमा फिर्ता पठाएको हो ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन २३, बिहीबार १३:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP