मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कांग्रेस महाधिवेशन: नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजारभन्दा बढी प्रतिनिधिले मत हाल्ने

572
SHARES
कांग्रेस महाधिवेशन: नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजारभन्दा बढी प्रतिनिधिले मत हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयन गर्न आज (शुक्रबार) मतदान हुँदैछ । निर्वाचन समितिले बिहान ७ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म मतदानको समय निर्धारण गरेको छ ।

यसअघि बिहीबार बिहानदेखि नै मतदान सुरु गर्ने कार्यक्रम तय गरिएको थियो । तर, प्रतिकूल मौसम, आवश्यक तयारी पूरा हुन नसक्नु र मतपत्र छपाइमा ढिलाइ भएपछि निर्वाचन कार्यक्रम शुक्रबारका लागि सारिएको हो ।

निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार उम्मेदवार र मतदाताको संख्या धेरै भएकाले मतपत्र छपाइमा समय लागेको हो । बिहीबार साँझ मतदान सुरु गर्दा प्रतिनिधिहरूलाई रातभर असहज हुने अवस्था देखिएपछि शुक्रबार बिहानबाट मतदान गराउने निर्णय गरिएको उनले बताए ।

र्वाचन समितिले मतदानका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।

विभिन्न स्थानमा मतदान केन्द्र तोकियो
महाधिवेशन प्रतिनिधिलाई सहज रूपमा मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन समितिले प्रदेश र समूहअनुसार छुट्टाछुट्टै मतदान केन्द्र निर्धारण गरेको छ ।

निर्धारित व्यवस्थाअनुसार राष्ट्रिय सभा गृहको मतदान केन्द्र ‘क’ मा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन् । खुलामञ्चको मतदान केन्द्र ‘ख’ मा कोशी प्रदेश तथा तराई–मधेस समूहका प्रतिनिधिका लागि व्यवस्था गरिएको छ ।

त्यस्तै, हिमाल हलमा गण्डकी प्रदेश, तराई–मधेस हलमा मधेस प्रदेश तथा पहाड हलमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन् । पहाड हलमै नेपाली जनसम्पर्क समिति र भ्रातृ संस्थातर्फका प्रतिनिधिका लागि पनि मतदानको व्यवस्था गरिएको छ ।

७ हजारभन्दा बढी प्रतिनिधिले मतदान गर्ने
निर्वाचन समितिका अनुसार नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् । महाधिवेशन प्रतिनिधिको कुल संख्या भने ७ हजार ३१७ रहेको छ ।

महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप बसाइँ र खानपान खर्चसमेत पार्टीले व्यहोर्ने भएको छ । आर्थिक व्यवस्थापन समितिका संयोजक उमेश श्रेष्ठले शुक्रबारको होटल बसाइँ र खानाको खर्च पार्टीले नै बेहोर्ने जानकारी दिएका छन् ।

मतदान सम्पन्न भएपछि कांग्रेसको नयाँ केन्द्रीय नेतृत्व चयनको प्रक्रिया अघि बढ्नेछ ।



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन २३, शुक्रबार ००:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP