मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुनको भाउ प्रतितोला ७ सयले घट्यो, चाँदी ४५ रुपैयाँले बढ्यो

2.2K
SHARES
सुनको भाउ प्रतितोला ७ सयले घट्यो, चाँदी ४५ रुपैयाँले बढ्यो

काठमाडौं । बुधबार सुनको मूल्य घटेको छ भने चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको भाउ ७ सय रुपैयाँले घट्दै २ लाख ३६ हजार ३ सय रुपैयाँमा कायम भएको छ ।

अघिल्लो दिन सुनको कारोबार प्रतितोला २ लाख ३७ हजार रुपैयाँमा भएको थियो । यसअघि असोज ३१ गते सुनको मूल्य हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार (नेपाली समय अनुसार बिहान ११ बजे) प्रतिऔंस ३९५८ अमेरिकी डलरमा सुनको कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने उकालो लागेको छ । अघिल्लो दिन प्रतितोला २९२० रुपैयाँमा कारोबार भएको चाँदी आज ४५ रुपैयाँले बढेर २९६५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक १२, बुधबार ०६:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP