मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपचारमा लापरबाही प्रकरणः विरोधमा उत्रिएका तिवारीलाई ७ दिनभित्र स्पष्टीकरण पेश गर्न उच्च अदालतको आदेश

3.1K
SHARES
उपचारमा लापरबाही प्रकरणः विरोधमा उत्रिएका तिवारीलाई ७ दिनभित्र स्पष्टीकरण पेश गर्न उच्च अदालतको आदेश

काठमाडौं । उपचारमा लापरबाही गर्ने चिकित्सक र अस्पताललाई उपभोक्ता अदालतले क्षतिपूर्ति तिराउन दिएको आदेशको विरोधस्वरूप कालोपट्टी बाँधेर सेवा दिने आह्वान गरेका नेपाल मेडिकल एसोसिएसनका महासचिव डा. सञ्जीव तिवारीलाई उच्च अदालत पाटनले सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

उपभोक्ता हित संरक्षण मञ्चले तिवारीविरुद्ध अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता गरेपछि बिहीबार न्यायाधीशद्वय श्यामकुमार भट्टराई र हेमन्त रावलको इजलासले कारण देखाऊ आदेश जारी गर्दै तिवारीले आफैँ उपस्थित भई स्पष्टीकरण दिनुपर्ने व्यवस्था गरेको हो ।

पछिल्लो समय उपभोक्ता अदालतले चिकित्सा लापरबाहीसम्बन्धी उजुरीमा क्षतिपूर्तिको फैसला सुनाउँदै आएको छ । यस्तै आदेशविरुद्ध महासचिव तिवारीले एसोसिएसनको नाममा प्रेस विज्ञप्ति जारी गर्दै चिकित्सकहरूलाई कालोपट्टी बाँधेर सेवा दिन आह्वान गरेका थिए ।

तिवारीको यस्तो कदमलाई अदालतको काममा दबाब सिर्जना गर्ने प्रयोजनका रूपमा व्याख्या गर्दै मञ्चले अदालतको अवहेलनाको आरोप लगाएको छ । त्यसमाथि तिवारीका आफन्त डा. ज्योत्सना शर्माविरुद्ध लापरबाहीका कारण बिरामीको मृत्यु भएको मुद्दा उपभोक्ता अदालतमा विचाराधीन अवस्थामा रहेको भन्दै उनी स्वार्थकै कारण दबाब सिर्जना गरिरहेको मञ्चको दाबी छ ।

निवेदनमा तिवारीले अदालतविरुद्ध गलत सन्देश प्रवाह गर्ने, पूर्णपाठ बाहिर नआएको फैसलाविरुद्ध गुमराह सन्देश दिने, कानुनको गलत व्याख्या गर्नेजस्ता कार्य गरेको र पीडित पक्षमाथि समेत मानसिक दबाब सिर्जना गरेको उल्लेख गरिएको छ । यस्तो कार्य अवहेलनाअन्तर्गत पर्ने भएकाले कानुनी कारबाही गर्नुपर्ने माग मञ्चले राखेको हो ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार २०, शुक्रबार ०५:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP