मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उचित मूल्यको माग गर्दै किसानको अनौठो विरोध, माइतीघरमा गोलभेँडा पोखेर प्रदर्शन

455
SHARES
उचित मूल्यको माग गर्दै किसानको अनौठो विरोध, माइतीघरमा गोलभेँडा पोखेर प्रदर्शन

काठमाडौं । आफ्नो उत्पादनको उचित मूल्य नपाएको भन्दै किसानहरूले काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा पोखेर विरोध प्रदर्शन गरेका छन् । बजार व्यवस्थापनमा देखिएको समस्या, बिचौलियाको प्रभाव र लागतअनुसार मूल्य नपाएको गुनासोसहित उनीहरूले सांकेतिक प्रदर्शन गरेका हुन् ।

बुधबार बिहान विभिन्न जिल्लाबाट आएका किसानहरू माइतीघर मण्डलामा भेला भएका थिए । उनीहरूले आफैंले उत्पादन गरेका गोलभेँडा सडकमा पोखेर कृषि उत्पादनको मूल्य निर्धारणमा देखिएको असमानताको विरोध जनाए । प्रदर्शनका क्रममा किसानहरूले कृषि क्षेत्रप्रति सरकार गम्भीर बन्नुपर्ने, उत्पादनको उचित मूल्य सुनिश्चित गर्नुपर्ने र बिचौलियाको हस्तक्षेप अन्त्य गर्नुपर्ने माग राखेका थिए ।

प्रदर्शनमा सहभागी एक किसानका अनुसार बजारमा किसानले मेहनत गरेर उत्पादन गरेको गोलभेँडाले लागतसमेत उठाउन नसक्ने अवस्था सिर्जना भएको छ । उपभोक्ताले महँगो मूल्य तिरे पनि किसानले भने निकै न्यून मूल्यमा उत्पादन बेच्न बाध्य भएकाले विरोधस्वरूप गोलभेँडा सडकमा पोखिएको उनले बताए ।

उनका अनुसार प्रदर्शनका लागि आवश्यक गोलभेँडा विभिन्न कृषि फार्मबाट संकलन गरेर माइतीघर ल्याइएको थियो । किसानहरूले उत्पादन बेच्न नपाएर खेतमै कुहिन दिनुपर्ने अवस्था आएको भन्दै कृषि उत्पादनको बजार व्यवस्थापन प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन् ।

प्रदर्शनकारीहरूले किसानमैत्री कृषि नीति लागू गर्न, न्यूनतम समर्थन मूल्यको प्रभावकारी कार्यान्वयन गर्न, कृषि उपजको सहज बजारीकरण सुनिश्चित गर्न तथा बिचौलियाको नियन्त्रणका लागि ठोस कदम चाल्न सरकारसँग आग्रह गरेका छन् ।

किसानहरूको भनाइमा उत्पादन बढाउन सरकारले प्रोत्साहन दिए पनि बजार व्यवस्थापन र मूल्य सुनिश्चित गर्ने प्रभावकारी संयन्त्र नहुँदा किसानहरू निरन्तर घाटा बेहोर्न बाध्य छन् । यही समस्याप्रति सरकारको ध्यानाकर्षण गराउन आफूहरू सडकमा उत्रिनुपरेको उनीहरूको भनाइ छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ असार ३१, बुधबार ०७:१२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP