मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कांग्रेस अनुशासन समितिको बैठक बिहीबार, उजुरी र अनुशासनका विषयमा छलफल हुने

1.7K
SHARES
कांग्रेस अनुशासन समितिको बैठक बिहीबार, उजुरी र अनुशासनका विषयमा छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बिहीबार बस्ने भएको छ । पार्टीको आन्तरिक अनुशासन व्यवस्थापन तथा विभिन्न विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

समितिका सचिव दिनेश थापामगरद्वारा जारी सूचनाअनुसार बैठक ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना हुनेछ । बैठकमा सहभागी हुन समितिका सबै सदस्यलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।

बैठकमा पार्टीभित्र प्राप्त भएका उजुरीहरूको अध्ययन, अनुशासनसम्बन्धी विषयहरूको समीक्षा तथा आगामी कार्ययोजनाबारे विस्तृत छलफल गरिने जनाइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ २०, बुधबार ००:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP