मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देशभर बदलीसहित केही स्थानहरूमा मध्यमदेखि भारी वर्षाको सम्भावना

3K
SHARES
देशभर बदलीसहित केही स्थानहरूमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा मनसुन सक्रिय रहँदा मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै, अरब सागर र बंगालको खाडीबाट जलवाष्पयुक्त हावा प्रवेश गरिरहेकोले देशभरको मौसममा प्रभाव परेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशको पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षा हुनसक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यसैगरी, कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ ।

आज रातिको समयमा पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा अन्य प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा हुन सक्ने देखिएको छ ।

सार्वजनिक स्थानमा यात्रा गर्दा र नदी तथा खोल्सानजिक जानुहुँदा विशेष सतर्कता अपनाउन महाशाखाको सुझाव छ । भारी वर्षाका कारण पहिरो तथा बाढीको जोखिम समेत रहन सक्ने भएकाले सचेत रहन सबैलाई अनुरोध गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन २, बिहीबार ००:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP