मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एमबाप्पे–डेम्बेले चम्किएपछि फ्रान्स लगातार तेस्रो विश्वकप सेमिफाइनलमा

481
SHARES
एमबाप्पे–डेम्बेले चम्किएपछि फ्रान्स लगातार तेस्रो विश्वकप सेमिफाइनलमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत शुक्रबार बिहान सम्पन्न क्वार्टरफाइनलमा फ्रान्सले मोरक्कोलाई २–० ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको छ । अमेरिकाको बोस्टन स्टेडियममा भएको प्रतिस्पर्धामा कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेले दोस्रो हाफमा गोल गर्दै फ्रान्सलाई सहज जित दिलाए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि खेलको २८औँ मिनेटमा एमबाप्पेले पाएको पेनाल्टी अवसरलाई मोरक्कोका गोलरक्षक यासिन बोनोउले उत्कृष्ट बचाउ गर्दै फ्रान्सलाई अग्रता लिनबाट रोकेका थिए । २५औँ मिनेटमा एमबाप्पेमाथि नुस्साएर गरिएको फाउलपछि फ्रान्सले पेनाल्टी पाएको थियो ।

दोस्रो हाफमा फ्रान्सले खेलमा दबाब बढायो । ६०औँ मिनेटमा डिजायर डुएको सुन्दर पासलाई सदुपयोग गर्दै एमबाप्पेले गोल गरेपछि फ्रान्सले अग्रता लिएको थियो । त्यसको केवल छ मिनेटपछि उसमान डेम्बेलेले अर्को गोल थप्दै टोलीको जित सुनिश्चित गरे ।

यस जितसँगै फ्रान्स लगातार तेस्रो संस्करणको विश्वकपमा सेमिफाइनल पुग्न सफल भएको छ । साथै, मोरक्कोको अन्तर्राष्ट्रिय फुटबलमा जारी ३४ खेलको अपराजित यात्रासमेत यही खेलसँगै समाप्त भएको छ ।

सन् २०१८ को विश्व विजेता तथा २०२२ को उपविजेता फ्रान्स अब फाइनल प्रवेशका लागि स्पेन र बेल्जियमबीच हुने क्वार्टरफाइनलको विजेतासँग भिड्नेछ । फ्रान्सले लगातार उत्कृष्ट प्रदर्शन गर्दै पुनः विश्वकप उपाधि दाबेदारका रूपमा आफूलाई बलियो रूपमा प्रस्तुत गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ असार २६, शुक्रबार ०४:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP