मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भ्रष्टाचार छानबिन आयोग गठन गरी जेनजी आन्दोलनको भावना कार्यान्वयन होस् : किराती

1.1K
SHARES
भ्रष्टाचार छानबिन आयोग गठन गरी जेनजी आन्दोलनको भावना कार्यान्वयन होस् : किराती

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री सुदन किरातीले जेनजी आन्दोलनको माग र भावनालाई कार्यान्वयन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, “चोर बाटोबाटै भएपनि प्रधानमन्त्री सुशीला कार्की नियुक्त हुनु भएकोमा बधाई छ । अब जेनजी आन्दोलनको भावनालाई कार्यान्वयन गर्न भ्रष्टाचार छानबिन गर्ने उच्चस्तरीय न्यायिक आयोग गठन गरिनुपर्छ ।”

किरातीले आन्दोलनका क्रममा भएका नरसंहार र विध्वंसबारे पनि अर्को छुट्टै आयोग गठन गरी छानबिन गर्नुपर्ने धारणा राखेका छन् ।

उनले संविधानका चार आधारस्तम्भ (गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशीता) लाई कुनै हालतमा तलमाथि नगर्न चेतावनी दिँदै भनेका छन्, “यसले दलित, महिला, जनजाति, मधेसी, मुस्लिमलगायतका समुदायलाई अधिकार सम्पन्न बनाएको छ । यदि यसमा हस्तक्षेप गरियो भने परिणाम गम्भीर हुनेछ ।”



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २८, शनिबार ०५:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP