मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विश्वकपमा स्मार्ट सेन्सरसहितको ‘ट्रियोन्डा’ बल प्रयोग हुँदै

338
SHARES
विश्वकपमा स्मार्ट सेन्सरसहितको ‘ट्रियोन्डा’ बल प्रयोग हुँदै

काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) ले केही दिनपछि सुरु हुने विश्वकपका लागि ‘ट्रियोन्डा’ नामक नयाँ आधिकारिक म्याच बल प्रयोग गर्दैछ । आधुनिक प्रविधिले सुसज्जित यो बलले खेलको निष्पक्षता र निर्णय प्रक्रियालाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

ट्रियोन्डाको सबैभन्दा ठूलो विशेषता यसको स्मार्ट सेन्सर प्रणाली हो । बलभित्र जडान गरिएको अत्याधुनिक मोसन सेन्सरले बलको गति, दिशा, घुमाइ तथा खेलाडीले छोएको क्षणसमेत वास्तविक समयमा रेकर्ड गरी सम्बन्धित प्रणालीमा पठाउँछ । यसबाट भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) लाई सही निर्णय लिन थप सहयोग पुग्नेछ ।

फिफाका अनुसार बलभित्र रहेको १४ ग्राम तौलको सेन्सरले प्रतिसेकेन्ड ५०० पटकसम्म डेटा संकलन गर्न सक्छ । यसले बलको प्रत्येक गतिविधि सूक्ष्म रूपमा निगरानी गर्ने भएकाले अफसाइड, ह्यान्डबल वा अन्य विवादास्पद अवस्थाको विश्लेषण अझ सटीक हुने अपेक्षा गरिएको छ ।

विशेष प्रविधियुक्त उक्त सेन्सर आफैं चार्ज हुने ब्याट्रीबाट सञ्चालन हुन्छ । बलको केन्द्र भागमा राखिएको सेन्सरले खेलका क्रममा बलको सन्तुलन र उडानको स्थिरतामा कुनै असर नपर्ने गरी डिजाइन गरिएको फिफाले जनाएको छ ।

ट्रियोन्डाको बाहिरी डिजाइन पनि आकर्षक बनाइएको छ । यसको चार-प्यानल संरचना र विशेष रंग संयोजनले विश्वकपका तीन आयोजक राष्ट्रहरूको प्रतिनिधित्व गर्छ । आधुनिक प्रविधि र नवीन डिजाइनको संयोजनले ट्रियोन्डालाई विश्व फुटबलको नयाँ पुस्ताको म्याच बलका रूपमा प्रस्तुत गरेको छ ।

फिफाको विश्वास छ कि यस्तो प्रविधिको प्रयोगले खेलका क्रममा हुने मानवीय त्रुटि घटाउने मात्र होइन, विश्वकपलाई अझ निष्पक्ष, प्रतिस्पर्धात्मक र रोमाञ्चक बनाउन समेत योगदान पुर्‍याउनेछ ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ २७, बुधबार ००:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP