मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विपद् व्यवस्थापनमा नेकपा सक्रिय, उद्धार र राहतमा व्यस्त

715
SHARES
विपद् व्यवस्थापनमा नेकपा सक्रिय, उद्धार र राहतमा व्यस्त

काठमाडौं । गत भदौ १० गते भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको उद्धार तथा राहत कार्यमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) विपद् लगत्तैदेखि लगातार सक्रिय रहेको छ ।

विपद्लगत्तै बसेको पार्टीको कार्य संयोजन समितिको बैठकबाट बागमती प्रदेश इन्चार्ज गङ्गालाल तुलाधरको संयोजकत्वमा केन्द्रीय विपद् खोज, उद्धार तथा राहत समन्वय समिति गठन गरिएको छ । उक्त समितिअन्तर्गत विपद् व्यवस्थापन विभाग, राष्ट्रिय विपद् व्यवस्थापन सङ्गठन, स्वास्थ्य तथा जनसङ्ख्या विभाग, जनस्वयंसेवक विभाग र प्रचार विभागको समन्वयमा राहत तथा उद्धारका काम भइरहेका छन् ।

समितिले विपद् प्रभावित क्षेत्रको अवलोकनसँगै खोज, उद्धार र राहतको काममा पार्टीका सबै निकायहरूलाई परिचालन गरेको छ । सरकारी संयन्त्रसँगको सहकार्यमा तथा प्रभावित क्षेत्रका नागरिकसँगै रहेर पार्टीका नेता तथा कार्यकर्ता उद्धार र राहतमा जुटेका छन् । बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लामा नेकपाका निकाय तथा जनवर्गीय सङ्गठनहरू सक्रिय रूपमा परिचालित छन् ।

पार्टीले विपद्को यस कठिन घडीमा आफू मातहतका निकाय, जनवर्गीय सङ्गठन र समग्र पार्टी पङ्क्तिलाई विपद् व्यवस्थापनमा सक्रिय हुन आह्वान गरेको छ । साथै राहत तथा सहयोगका गतिविधिबारे सरोकारवाला क्षेत्र र पार्टी निकायबीच सम्भव भएसम्म समन्वय गर्न आग्रह गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र १७, बुधबार ०७:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP