मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देशलाई संकटबाट जोगाउन निर्वाचन अपरिहार्य :राष्ट्रपति पौडेल

1.4K
SHARES
देशलाई संकटबाट जोगाउन निर्वाचन अपरिहार्य :राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधि सभा निर्वाचनलाई सफल बनाउन सबै पक्षसँग आग्रह गरेका छन् ।

पदमकन्या बहुमुखी क्याम्पसको हीरक जयन्ति समारोहलाई शुक्रबार सम्बोधन गर्दै उनले मुलुक अहिले चुनौतीपूर्ण परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दैसंविधान, लोकतन्त्र र समग्र देशलाई अस्थिरता र अनिश्चितताबाट जोगाउनकै लागि निर्वाचनको मिति घोषणा गरिएको बताए ।

राष्ट्रपतिका अनुसार निर्वाचनको परिणामले देशमा सुशासन, विकास र समृद्धिलाई मजबुत बनाउँदै मुलुकलाई नयाँ दिशातर्फ अघि बढाउने छ ।
‘मलाई विश्वास छ— यो निर्वाचनले सुशासन, विकास र समृद्धिको यात्रालाई थप सुदृढ बनाउँदै मुलुकलाई नयाँ दिशा दिनेछ,’ उनले भने, ‘देश, जनता र लोकतन्त्रका लागि यो निर्वाचन अपरिहार्य भएकाले सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई यसलाई सफल बनाउन अपिल गर्दछु ।’

राष्ट्रपतिले कार्यक्रमका क्रममा आवश्यकताअनुसार व्यवहारिक शिक्षा, नैतिक मूल्य र सीपमूलक शिक्षालाई सुदृढ बनाउँदै समाज तथा राष्ट्रले खोज्ने क्षमता अभिवृद्धिमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।

राष्ट्रपति पौडेलले पद्मकन्या क्याम्पसलाई महिला विश्वविद्यालयको रूपमा विकास गर्ने उद्देश्यप्रतिको खुशी पनि व्यक्त गरे ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर ५, शुक्रबार ०७:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP