मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

650
SHARES
नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा पार्टी सभापतिमा निर्वाचित भएका छन् । सभापति पदका लागि भएको निर्वाचनमा थापाले ६ हजार ५८४ मत प्राप्त गर्दै प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई भारी मतान्तरले पराजित गरेका हुन् ।

निर्वाचनको अन्तिम मतपरिणामअनुसार थापाले कुल सदर मतको ९३.८८ प्रतिशत मत प्राप्त गरेका छन् । सभापति पदका अर्का उम्मेदवार खड्गीले ३७५ मत अर्थात् कुल खसेको मतको ५.३५ प्रतिशत मत प्राप्त गरेका छन् ।

निर्वाचनमा कुल ७ हजार १३ मत खसेको थियो । त्यसमध्ये ५४ मत बदर भएको निर्वाचन परिणामले देखाएको छ । कुल खसेको मतमध्ये ०.७७ प्रतिशत मत बदर भएको हो । थापाले खड्गीभन्दा ६ हजार २०९ मत बढी प्राप्त गरेका छन् ।

सभापति पदमा थापाले प्राप्त गरेको मतले महाधिवेशन प्रतिनिधिहरूमाझ उनको बलियो समर्थन रहेको देखाएको छ । फराकिलो मतान्तरसहितको जितले पार्टीको नेतृत्वमा नयाँ कार्यदिशा र संगठनात्मक सुधारका विषयलाई थप महत्त्व दिएको छ ।

यसअघि कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका थापा पार्टीभित्र नेतृत्व परिवर्तन, संगठन सुदृढीकरण र राजनीतिक कार्यशैलीमा सुधारको पक्षमा सक्रिय रहँदै आएका थिए । उनले पार्टीलाई समयअनुकूल बनाउँदै नयाँ पुस्ताको सहभागिता र नेतृत्व विकासलाई प्राथमिकता दिनुपर्ने धारणा राख्दै आएका थिए ।

तत्कालीन महामन्त्री थापासहितका नेताहरूको पहलमा सम्पन्न विशेष महाधिवेशनले उनलाई सभापतिमा चयन गरेको थियो । विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन भएपछि कांग्रेसभित्र पार्टीको वैधानिकता, संगठनात्मक संरचना र नेतृत्वको अधिकारका विषयमा बहस उत्पन्न भएको थियो ।

त्यसपछि आयोजित १५औँ महाधिवेशनको निर्वाचनमा थापाले भारी मत प्राप्त गर्दै सभापतिमा विजय हासिल गरेका हुन् । यससँगै पार्टीको नेतृत्वमा उनको औपचारिक जिम्मेवारी थप सुदृढ भएको छ ।

नयाँ नेतृत्वसामु पार्टी संगठनलाई एकताबद्ध बनाउने, आन्तरिक मतभेद व्यवस्थापन गर्ने, कार्यकर्ताको विश्वास कायम राख्ने तथा आगामी राजनीतिक चुनौतीको सामना गर्ने प्रमुख जिम्मेवारी रहनेछ । विशेष महाधिवेशनपछि देखिएका असमझदारी समाधान गर्दै पार्टीलाई संस्थागत रूपमा अघि बढाउनु पनि थापाका लागि महत्त्वपूर्ण कार्य हुनेछ ।

सभापतिमा निर्वाचित थापाले अब पार्टीको केन्द्रीय नेतृत्वलाई व्यवस्थित गर्दै संगठन विस्तार, नीतिगत सुधार र जनतासँगको सम्बन्ध सुदृढ बनाउने दिशामा कस्तो रणनीति अपनाउँछन् भन्ने विषयलाई राजनीतिक वृत्तले चासोका साथ हेरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन २४, शनिबार ००:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP