मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

महाधिवेशन कार्यतालिकामा सहमति नजुट्दा कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

2.7K
SHARES
महाधिवेशन कार्यतालिकामा सहमति नजुट्दा कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पुनः स्थगित भएको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माबीच महाधिवेशन कार्यतालिका तय गर्ने विषयमा सहमति नजुटेपछि बैठक रोकिएको हो ।

एक केन्द्रीय नेताका अनुसार, “कार्यतालिकामा कुरा नमिलेकाले आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगन गरिएको छ ।”

कांग्रेसभित्र आगामी महाधिवेशन कहिले गर्ने भन्ने विषयमा मतभेद तीव्र बनेको छ । संस्थापन पक्ष प्रतिनिधि सभा चुनाव सम्पन्न भएपछि मात्र १५औँ महाधिवेशन गर्ने पक्षमा छ भने महामन्त्री समूह (गगन–विश्व) मंसिरमै नियमित महाधिवेशन गर्नुपर्ने अडानमा छन् । यही फरक धारका कारण पार्टीभित्र समन्वय टुटिरहेको नेताहरूले बताएका छन् ।

बैठक स्थगन हुनुअघि बिहान महामन्त्रीद्वयले नेता शेखर कोइरालासँग छलफल गरेका थिए । सो क्रममा १६ पुसमा केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव तयार गरी त्यसमा दबाव दिने योजना बनाइएको थियो ।

तर, त्यसपछि कार्यवाहक सभापति खड्कासँग भएको छलफलमा सहमति हुन नसक्दा केन्द्रीय समिति बैठक पुनः स्थगित गरिएको हो ।

पार्टीभित्र महाधिवेशन मिति र कार्यतालिका सम्बन्धी विवाद समाधान नहुँदासम्म कांग्रेसको संगठनात्मक गतिविधि अन्योलमा पर्ने देखिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक १४, शुक्रबार ११:१३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP