मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देशका विभिन्न स्थानमा वर्षा र हिमपात, मनाङ–मुस्ताङमा भारी हिमपात

2.4K
SHARES
देशका विभिन्न स्थानमा वर्षा र हिमपात, मनाङ–मुस्ताङमा भारी हिमपात

काठमाडौं । पछिल्ला १२ घण्टादेखि देशका विभिन्न स्थानहरूमा निरन्तर वर्षा र हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मंगलबार बिहान १० बजे जारी विज्ञप्तिअनुसार गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका केही भूभागमा हल्कादेखि मध्यम वर्षा भएको छ । यस्तै, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केही पहाडी तथा तराई क्षेत्रमा समेत हल्का वर्षा र हिमपात भएको विभागले जनाएको छ ।

विशेषगरी गण्डकी प्रदेशका मनाङ र मुस्ताङ आसपासका हिमाली क्षेत्रमा भने मध्यमदेखि भारी हिमपात भइरहेको उल्लेख गरिएको छ ।

विभागले थप सतर्कता अपनाउन आग्रह गर्दै भनेको छ, “हाल वर्षा र हिमपात भइरहेका स्थानहरूमा आगामी घण्टाहरूमा पनि वर्षा÷हिमपातको क्रम जारी रहने भएकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरिन्छ ।”



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक ११, मंगलवार ०५:१४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP